बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

रुपन्देहीका महिला उद्यमीसंग सहकार्य गर्न वीन सहकारीको प्रस्ताव

बुटवल । महिला उद्यमीहरुले ललितपुरमा सञ्चालन गरेको वीन बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देहीमा महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको छ । बुधबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भेटघाट गरी यस क्षेत्रका घरेलु तथा साना महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको हो ।

भेटघाटमा वीन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष मालिका श्रेष्ठले ३५ जना महिला उद्यमी मिलेर सुरु गरिएको यो सहकारीमा शेयर सदस्य हुनको लागि उद्यम गरेको महिला हुनुपर्ने बताए । उनका अनुसार अहिले यो सहकारी संस्थामा ३३४ जना शेयर सदस्य छन् । जो सबै उद्यमी हुन् ।

उनीहरुले गरेको उत्पादन सहकारी मार्फत बजारको प्रवन्ध मिलाईन्छ । ‘कोरोना महामारी भन्दा अगाडि धेरै देशहरुमा निर्यात गरिन्थ्यो ।’ उनले भने–‘तर अहिले जापान, जर्मनी लगायतका देशहरुमा थोरै थोरै मात्रै निर्यात भईरहेको छ ।’ जापानमा मसला, मह लगायतका खाद्य सामाग्रि निर्यात हुन्छ भने जर्मनीमा हस्तकलाका सामाग्रिहरु निर्यात भईरहेको छ ।

अध्यक्ष श्रेष्ठले रुपन्देहीमा पनि महिला उद्यमशिलता विकासको राम्रो सम्भावना देखिएकाले आफूहरुले सहकार्य गर्न चाहेको बताए ।

त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले रुपन्देहीमा हस्तकला तथा जडिबुटी प्रशोधनका साना तथा मझौला उद्योगमा राम्रो सम्भावना भएपनि महिलाहरु त्यसतर्फ आकर्षित हुन नसकेको बताउँदै सहकारीसंग सहकार्य हुन सक्यो भने त्यसका माध्यमबाट राम्रो अवसरको सिर्जना हुन सक्ने भनाई राखे ।

त्यसै अवसरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.ले उद्योगी व्यवासायी एम.एस.एम.ई योजनाको बारेमा जानकारी गराएको छ । कार्यक्रममा बैंकका बुटवल शाखा प्रवन्धक अमृत थापाले साना, मझौला तथा घरेलु उद्योगमा १० प्रतिशत कर्जा प्रवाह अनिवार्य रहेको बताउँदै त्यसबाट साना मझौला तथा घरेलु उद्योगहरुले लाभ लिन सक्ने बताए ।

पुँजीको आधारमा नेपालमा सबैभन्दा ठूलो यो बैंकको लुम्बिनी पदेशका ११ जिल्लामा २९ वटा शाखा, ३१ वटा एटिएम, साढे ४ लाख सेवाग्राही रहेको पनि उनले जानाकारी दिए । लुम्बिनी प्रदेशमा शाखा खोल्न बाँकी रहेको रुकुम पूर्वमा पनि अब छिटै बैंकले शाखा विस्तारको तयारी गरेको पनि जानकारी गराए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाकी पूर्व सदस्य रमा अर्यालले बैंकले सेवाग्राहीलाई समस्या आउन नदिनेगरी र झण्झटहरु हुन नदिनेगरी काम गर्नुपर्ने सुझाव दिए । त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित