शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

शिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को खण्ड ‘क’ देखि ‘च’ सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा २ बमोजिम दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

सहकारीलाई समस्याग्रस्त घोषणा गरी संस्थाहरुको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित