
बुटवल । रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी आश्विन २९ गते सोमबार हुने भएको छ ।
२०३५ सालमा उद्योगीहरुको पहलमा स्थापित रुपन्देही उद्योग संघ जिल्ला भरिका उद्योगीहरुको साझा संस्था हो ।
जिल्ला भरीका ठूलादेखि घरेलु सम्मका १०५३ उद्योगहरु हाल रुपन्देही उद्योग संघमा आवद्ध रहेका छन् ।
संघको कार्यसमितिको बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको र आवश्यक तयारीका लागि विभिन्न उपसमिति तथा निर्वाचन समिति केही दिनमै गठन गर्ने निर्णय गरेको संघका महासचिव हरि बहादुर खत्रीले बताए ।
संघको विधान बमोजिम अधिवेशन हुनु भन्दा २१ दिन अघिसम्म नविकरण भएका सदस्य उद्योगीहरुले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था भए बमोजिम नविकरणको समयावधी आश्विन ८ गतेसम्म कायम गरिएको समेत संघले जनाएको छ ।
संघको कार्यसमितिमा आजिवन, साधारण, एशोसिएट, महिला, संस्थागत र तहगत सहभागिता रहने व्यवस्था रहेको छ ।