प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

मलेसियामा होटेल म्यानेजमेन्ट पढ्ने र कमाउने अवसर एकसाथ, त्याे पनि ‘निःशुल्क’ !

पढ्दा पढ्दै काम र दाम हुने भएकाले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको छ । होटल म्यानेजमेन्ट पढेर व्यवसाय गर्नेहरु सफल पनि भएका छन् ।

विद्यार्थीको यही चाहनालाई मध्यनजर गर्दै पाण्डे ब्रदर्श कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर बुटवलले मलेसियामा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी पठाउने गरी सरकारसँग सम्झौता गरेको छ ।

कक्षा १२ उत्तीर्णपछि एक मात्र विकल्प मलेसियामा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीका लागि तीन वर्षे कोर्ष अन्तर्गत पढ्दै कमाउँदै आफ्नो भविष्य उज्जवल बनाउन सकिने संस्थाका सञ्चालक बाबुराम पाण्डेले जानकारी दिए । यसका लागि यो वर्ष २०० जनाको कोटा रहेको र २३ जनाले नाम दर्ता गरिसकेको उनले जानकारी दिए । आफूले अत्यन्तै कम शुल्कमा गरिव तथा विपन्न वर्गका छोराछोरीलाई लक्षित गरेर यो सेवा सुरु गरेको पनि उनले बताए ।

जाँदा प्लेन टिकट र १५ देखि ५० हजार सेवा शुल्क, त्यहाँ पुगेपछि ३ वर्षसम्मको कलेज फि ३० हजार मलेसिन रिग्रेट ओभरटाइम समेत काम गर्दा तिरिने र घरमा  आउँदा १२ लाख सम्म बचत गरी ल्याउन सकिने र साथमा ब्याचलरको प्रमाणपत्र पनि हुने पाण्डेले बताए ।

कलेजमा लाग्ने शुल्क ओेजेटी गरेवापत हुने आम्दानीले तिर्न पाइने, कोर्ष पूरा गरेर फर्किंदा अन्तर्राष्ट्रियस्तरमा रोजगारीका लागि मान्यता पाउने सर्टिफिकेट पनि हुने र १२–१५ लाख आम्दानी पनि कमाएर घर ल्याउन  पाइने भएकाले यो कोर्ष निशुल्क जस्तै मान्न सकिने पाण्डेले स्पष्ट पारे ।

‘होटल म्यानेजमेन्ट पढेर बेरोजगार बस्नु पर्दैन,’ उनले भने, यसको सुन्दर पक्ष भनेको स्वउद्यम हो ।’ आफ्नो क्षमता अनुसार लगानी गरेर राम्रो व्यवसाय गर्न सकिने उनले बताए । मलेसियामा प्रयोगात्मक अध्ययन हुने र विद्यार्थीले काम गर्दै पढ्न सक्ने पनि उनले बताए । “ती वर्षे कोर्षमा आफ्नो खर्च कटाएर १२–१५ लाख रुपियाँ घरमा लिएर आउन सक्छन्”–पाण्डेले भने । मासिक ६० हजार रुपियाँ सजिलै कमाउन सकिने पनि उनले बताए ।

अहिले आफ्नो संस्थासँग होटल म्यानेजमेन्ट पढ्न चाहने विभिन्न कलेजका विद्यार्थीहरु थुप्रै सम्पर्कमा आइरहेको पनि पाण्डेले बताए । पछि अन्य देशमा पनि पठाउने योजना रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित