लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

जितुको अध्यक्षतामा मिजार समाज नेपालको लुम्बिनी प्रदेश समिति गठन

बुटवल । मिजार समाज नेपालले जितु बौडेलको अध्यक्षतामा लुम्बिनी प्रदेश समिति गठन गरेको छ ।

बुटवलमा आज सम्पन्न प्रथम लुम्बिनी प्रदेश सम्मेलन तथा प्रथम रुपन्देही जिल्ला सम्मेलनले बौडेलको अध्यक्षतामा ३५ सदस्यीय सर्वसम्मत समितिको गठन गरेको हो ।

समितिको उपाध्यक्षमा देवबहादुर नेपाली, याम बहादुर नेपाली, महिला उपाध्यक्षमा आशा सार्की, सचिवमा वेदराज नेपाली, सह–सचिवमा सुरेन्द्र नेपाली, भरत नेपाली र लक्ष्मी नेपाली र कोषाध्यक्षमा रिना नेपाली चयन भएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मिजार समाज नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक होम बहादुर नेपालीले सक्रियताले एकतातर्फ र निस्क्रियताले पलायनतर्फ लैजाने भन्दै राजनीतिक र सामाजिक क्षेत्रका सिण्डीकेट तोड्न एक हुनुपर्ने बताए ।

सोझोपन र इमान्दारिताको फाईदा उठाउँदै कथित ठुला जातिले सार्की जातिमाथि शासन गरिरहेकोले यसका विरुद्ध संगठिन हुनुको विकल्प नरहेको बताए । उनले अरु जातिभन्दा इमान्दारिता प्रस्तुत गर्न सक्ने सार्की जाति राजनीतिक रुपमा सचेत हुन आवश्यक रहेकोमा जोड दिए ।

नेपालीले देशव्यापी रुपमा समाजको संगठन विस्तार गरी विभेदका विरुद्ध लड्ने बताए । उनले सार्की जातिले आर्थिक अभावमा शिक्षा पहुँचबाट टाढा हुने अवस्थाको अन्त्यका लागि छात्रवृत्ति अक्षयकोर र स्वास्थ्योपचार गर्न नसक्नेहरुका लागि स्वास्थ्य अक्षयकोषको स्थापना गर्ने बताए ।

यस्तै कार्यक्रममा प्रदेश सांसद यमु गैरेले प्रदेश सभामा दलित हकहित, अधिकार र आर्थिक समृद्धिका लागि आवाज उठाउँदै आएको बताए । उनले विद्यालयको शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्ने अवस्थाको अन्त्य गर्नका लागि आफ्नो सक्रियता रहने बताए ।

दलित ऐनको अभावमा मिजार (सार्की) जातिका हकहितमा पर्याप्त काम गर्न नसकिएको उनको जिकिर छ । दलित समुदायको उत्थानका लागि स्थानीय तहस्तरमै सञ्चालन गर्ने गरी कार्यक्रम बनाएको र न्यून आर्थिक अवस्था भएका परिवारका लागि रोजगारमुलक कार्यक्रम प्रदेश सरकारमार्फत सञ्चालन गर्न लागिएको उनले जानकारी गराए ।

सार्की जातिले देशका हरेक परिवर्तनका लागि ठुलो योगदान गरेको स्मरण गर्दै एकताले नै विभेदका विरुद्ध लडने शक्ति प्राप्त हुने गैरेले बताए । उनले सार्की जातिको उत्थानका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

यस्तै सम्मेलनले डिल बहादुर नेपालीको अध्यक्षतामा मिजार समाज नेपाल रुपन्देहीको जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार ठड्राई र सीता रोका, सचिवमा तिल बहादुर नेपाली, सह–सचिवमा पूर्ण बहादुर सार्की र हेम बहादुर नेपाली र कोषाध्यक्षमा भगवता नेपाली चयन भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित