बुटवल । रोकेर राखिएको ट्रकमा यात्रु बस ठोक्किदा बाँकेमा ७ जनाको मृत्यु भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ३१ जना घाइते भएका छन् । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी (जुगबहादुर चन्द) रहेका छन् । एक जनाको पहिचान अझै खुलेको छैन ।
प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्कीएको हो ।










