‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले लुम्बिनीको अधिबेशन सकिएपछि कँडेल र रिजालले देखाएको हार्दिकता

एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजालबीच कडा टक्कर थियो । अन्तिम पाँच मतमात्र गणना गर्न बाँकी रहँदासम्म उनीहरूको मत बराबर भयो । तर अन्त्यमा कँडेलले बाजी मारे ।

विजयी कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत पाए ।

प्युठानका रिजाललाई मात्र दुई मतान्तरले पराजित गरेका पाल्पाका कँडेलबीच मत परिणामपछि पनि हार्दिकता देखायो ।

मतगणनास्थल बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बाआईसीसी) मा राति नै कँडेललाई बधाई दिएर निस्किएका रिजाल बुधवार बिहान एमाले पार्टी कार्यालयमा निर्वाचितहरूलाई शपथ ग्रहण कार्यक्रममा पनि उपस्थित भएर कँडेलसँग हार्दिकता बाँडे ।

शपथग्रहण कार्यक्रममा पुगेर रिजालले भने, ‘पार्टीको आन्तरिक चुनावमा पराजित भए पनि पार्टीमा सशक्त भएर लागिरहने छु ।’ उनले पार्टीका हरेक काममा खटिँदै अध्यक्षलाई सहयोग गर्न आफू सधैं तयार रहेको बताए । निर्वाचनबाट शिक्षा लिँदै अघि बढ्ने उनको भनाइ थियो ।

नेकपा एमाले लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष कँडेलले संगठन सुदृढ र व्यवहारमा गतिशीलता प्रदान गर्दै पार्टीलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने गरी आफू लाग्ने बताएका छन् ।

मतदानबाट नयाँ नेतृत्व चयन भए पनि हामी सबै एक ठाउँमा रहेको बताउँदै उनले एमाले लुम्बिनी अब मिसन–२०८४ मा केन्द्रित हुने बताए ।

कँडेलले भने, ‘हामी सबै एकै ठाउँमा छौं । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको कुनै गुट छैन । हाम्रो मिसन लुम्बिनी प्रदेशमा आउँदो निर्वाचनमा बहुमतसहित पहिलो शक्तिका रुपमा पार्टीलाई स्थापित गर्ने हो । अब हारजित सकियो । लोकतान्त्रिक प्रक्रियामा गइसकेपछि अब त्यसलाई स्वीकार गरेर हामी अघि बढ्नुपर्छ । अब प्यानल छैन । गुट छैन पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नेछु ।’

कँडेलले थपे, ‘प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टीका रुपमा स्थापित गर्ने मिसन २०८४ को कुरा हो ।’ एमालेलाई अग्रगति दिएर मुलुकका समस्याप्रति गम्भीर बन्दै देशलाई कसरी समृद्धितर्फ डोर्‍याउन सकिन्छ स्पष्ट दृष्टिकोण आफूसँग रहेको कँडेलले बताए ।

पार्टीको सैद्धान्तिक र वैचारिक आधार बलियो बनाउँदै स्पष्ट दृष्टिकोण विचार र कार्ययोजना बनाएर आफू काममा केन्द्रित हुने नवनिर्वाचित कँडेलले स्पष्ट पारे ।

आन्तरिक लोकतन्त्रलाई बलियो र सुद्धृढ गर्दै पार्टीलाई थप एकताबद्ध बनाउने गरी अधिवेशन सम्पन्न भएको उनले बताए । पार्टीको नीति, विचार र सिद्धान्तको आधारमा नै पार्टी एकताबद्ध गर्ने भएकाले व्यक्तिगत केही कुरा नहुने उनले भनाइ छ ।

राष्ट्र र जनताप्रति बफादार भएर काम गर्ने उनले बताए । ‘हाम्रा लक्ष्य र मिसन छन्’ कँडेल भन्छन्, ‘मिसन २०८४ मा सबै तहमा जित्ने गरी हामीले हाम्रो संगठनलाई मजबुत बनाउने, चलाएमान बनाउने र अघि बढ्ने कुरा प्रमुख कुरा हो ।’

आफूहरू समूह बनाएर चुनाव नलडेको उनको भनाइ छ । ‘हामी समूह बनाएर चुनाव लडेको होइन । व्यक्तिगत हिसाबले चुनाव लडेको हो । समूहगत चुनाव लडेको भए जहाँ पनि दुई/दुई वटा प्रतिस्पर्धी मात्र हुनुपर्ने हो । अध्यक्षमा मात्रै दुई जना हो । अन्य पदमा त्यस्तो छैन । १० जना चाहिने ठाउँमा २० भन्दा बढी उम्मेदवार पनि हुनुहुन्छ ।’ उनले भने, ‘पार्टीका नेता अध्यक्ष केपी शर्मा ओलीलाई मानेर हामी अघि बढ्ने हो । पार्टीका मार्गदर्शन जबजलाई पछ्याउँदै अघि बढ्छौं । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट पारित भएका दस्तावेज, कार्यनीति, रणनीतिक लक्ष्य र कार्यदिशालाई पछ्याएर अघि बढ्छौं ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित