रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देहीबाट खुला सदस्यमा गोपाल रानालाई सर्वाधिक मत

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा रुपन्देहीबाट खुलातर्फ युवा नेता गोपाल रानाले सबैभन्दा बढी ५४१ मत प्राप्त गर्दै विजयी भएका छन् । सम्पन्न निर्वाचनमा पदाधिकारी, सदस्य तथा कुनै पनि कलस्टरबाट समेत यो नै सबैभन्दा बढी मत हो । होटल तथा पर्यटन व्यवसायी समेत रहेका राना युवाहरु बीच लोकप्रीय मानिन्छन् ।

यसैगरी रुपन्देहीबाट प्रदेश कमिटीका लागि निरणवाचित हुनेहरुमा प्रेम बहादुर गुरुङ, नरबहादुर घर्ती, ध्रुवप्रसाद खरेल, भरतमणी सापकोटा,   बुद्ध बहादुर बिक, कृष्णप्रसाद घिमिरे, कृष्ण खनाल, कविराम अरणयाल, कमलेश यादव, महेन्द्र गिरी, मोहन चापागाई, सूर्यबहादुर भट्टराई र हरिप्रसाद भण्डारी रहेका छन् । रुपन्देही मुस्लिमबाट एजाज आलम ४६० मतसहित विजयी भए ।

रुपन्देही महिलातर्फ जगेश्वरी चौधरीले सबैभन्दा बढी ५३३ मतसहित विजयी भइन, रुपन्देहीबाट अन्य महिला सदस्यहरुमा कमलादेबी विक, कल्पना थापा, जानकी अर्याल, जानकी न्यौपाने, तारा पाण्डे, थानकुमारी थापा, मञ्जु भुसाल, विद्यालक्ष्मी गुरुङ, विमला श्रेष्ठ र ज्ञानु केसी निर्वाचित भएका छन् ।

रुपन्देही मधेशीमा सञ्जय कुमार गुप्ता, दलितमा कल्पना हरिजन निर्वाचित भइन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित