श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

‘मर्निङ अफर’मा एकै दिन ५ हजार जना चढे लुम्बिनी केबलकार

बुटवल । साविक टिकट दरमा ५० प्रतिशत छुटसहित लुम्बिनी केबलकार लि.ले सञ्चालन गरेको ‘मर्निङ अफर’ मा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट दिएसंगै केबलकार चढ्ने पर्यटक बढेका हुन् ।
साउनको पहिलो बुधबारदेखि शुरु भएको मर्निङ अफर अन्तर्गत भदौको तेस्रो बुधबार (आज) हालसम्मकै धेरै ५ हजार २० जनाले केबलकार यात्रा गरेका अपरेसन मयानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । साधारण टिकट दर ७५० रुपैयां रहेकोमा केबलकारले ‘मर्निङ अफर’ मा ३७५ रुपैयां कायम गरेको छ ।


‘तीन घण्टामै पांच हजार २० जनाले मर्निङ अफरको टिकट खरिद गर्नुभयो,यो संख्या केबलकार सञ्चालन भए यताकै सर्वाधिक धेरै हो’–सैजूले भने–‘अरु बार औसत ५ सय जना पर्यटक आउने गरेकामा मर्निङ अफरमा अत्यधीक आकर्षण देखिएको छ ।’
कृष्ण जन्माष्टमीको सार्वजनिक विदा समेत भएकाले पर्यटकको चाप अत्यधीक बढी भएको उनले बताए ।
साउन ३ गतेबाट शुरु भएको अफरमा भारतीय नागरिकले समेत ३७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने भएपछि भारतीय पर्यटकको समेत आगमन बढेको कम्पनीले जनाएको छ ।
पहिलो बुधबार ९७८ जना र त्यसयता क्रमशः ३३०७ जना,३४७६ जना, २१५९ जना र साउनको अन्तिम बुधबार २४७० जना तथा भदौको पहिलो बुधबार ११७० जना र दोस्रो बुधबार १५६१ जना र तेस्रो बुधबार ५ हजार २० जनाले केबलकार चढेका कम्पनीका लेखा प्रमुख राजन लम्सालले जानकारी दिए ।
मर्निङ अफरको टिकट दर सस्तो हुंदा परिवारका सबै सदस्यलाई केबलकार यात्रा गराउन सक्ने भएकाले यो अफरले आम सर्वसाधारणलाई आकर्षित गरेको स्थानीइ बुद्धि पराजुलीले बताए ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।
कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् ।
केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता भएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ ।
टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित