लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भगवतीजात्रा विजयउत्सवमा सहभागी हुने यात्रुहरु लाई भाडामा ५० प्रतिशत छुट

पाल्पाको सदरमुकाम तानसेनमा यही भदौ २१ गते हुने भगवती रथ जात्रा विजयउत्सवमा आउने जाने यात्रुहरु लाई पश्चिम नेपाल बस व्यबसायी प्रा.लिे भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

नेपालले विस १८७१ र ७२ मा भएको बुटवल जितगढी युद्धमा अग्रेज माथी विजय प्राप्त गरेको थियो । अग्रेज लाई लडाइमा जितेको खुसियालीमा पाल्पामा भाद्र कृष्णजन्माष्टमीको भोली पल्ट विजय उत्सव मनाउने परम्परा रहेको छ ।
यस बर्ष पाल्पामा २०३ औ भगवती विजयउत्सव रथयात्रा निकालिदै छ । नेपाल गौरवमय इतिहास लाई जनमासमा पुर्याउन पश्चिम नेपाल बस व्यबसायी समितीले एक दिनको लागी विहान बुटवल देखी पाल्पा र साझ पाल्पा देखी बुटवल सम्मका यात्रुहरु लाई ५० प्रतिशत भाडा छुट दिएको हो ।

बस व्यबसायी समितीले यात्रुहरुको रेडर्क राख्नको लागी बुटवल र पाल्पाको टिकट काउण्टर बाट टिकट काटेका व्यक्तिहरु लाई भाडा छुट दिने निर्यण गरेको प्रा.लि.का अध्यक्ष दधिराम खरेलले बताए ।

अहिले पाल्पा बुटवलको एकतर्फी भाडा रु १५० रहेको छ । पश्चिम नेपालले यस बर्ष भक्तजनको अवस्था हेरिकन आगामी बर्ष अन्य रुटहरुमा पनि भाडा छुट गर्ने विषयमा छलफल भएको पाल्पा काउण्टरका प्रमुख डोलराज भट्टराईले बताए । पाल्पा बुटवलको लागी २५ मिनेटरको फरकमा बस छुटने गर्दछ ।

भगवती जात्रा विजयउत्सव मनाउन लुम्विनी प्रदेश सरकारले पाल्पा जिल्लामा सार्वजनिक विदा घोषणा गरेको छ ।

विजयउत्सवको अवलोकन गर्न लुक्विनी प्रदेशका मुख्य मन्त्री डिल्लीबहादुर चौधरी नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप रानाको सहभागिता रहने भगवती मन्दिर गुठी व्यबस्थापन समितीका अध्यक्ष अशोक महर्जनले बताए । यसै गरी होटल तथा रेष्टुरा व्यबसायी समिती पाल्पाले भगवती जात्रामा आउने भक्तजनहरुको लागी लक्षित गरेर खानामा १० प्रतिशत र बासमा २० प्रतिशत छुट दिने निर्यण गरेको छ ।

तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिर सिंह थापाले युद्धमा जानु अघि लडाई जितेमा भगवतीको तिन तले मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए ।

कर्णेल सिंहले विस १८७२ देखी १८७६ सम्म मन्दिर बनाएका थिए । विस १८७७ देखी कृष्ण जन्माष्टमीको भोली पल्ट विजयउत्सव स्वरुप भगवती जात्रा मनाउन थालेको परम्परा आज सम्म चल्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित