‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल २ मतले बिजयी

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँंडेल विजयी भएका हुन् ।

विजयी कँंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिए ।

कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो ।

प्रदेश अधिवेशन भए पनि यो निर्वाचनलाई एमालेका प्रभावशाली नेताद्वय पौडेल र पोखरेलको शक्ति परीक्षणको रुपमा एमाले भित्र चर्चा भएको थियो ।

त्यस्तै उपाध्यक्षमा पनि कँडेल प्यानलबाट उम्मेदवार बनेका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । रुपन्देहीका श्रेष्ठले ४५५ मत ल्याउँदा रिजाल प्यानबाट उम्मेदवार बनेका रुपन्देहीकै विश्वराज बराल (अनुप) ले ३०६ मत मात्र ल्याउन सके ।

सचिवमा कँडेल प्यानलकै दाङका लक्ष्मण आचार्य निर्विरोध भएका थिए । त्यस्तैगरी उपसचिवमा पुरुषतर्फ रोल्पाका पूर्ण बुढा मगर निर्वाचित भएका छन् ।

रिजाल प्यानबाट बुढा ४१८ मतसहित विजयी हुँदा कँडेल प्यानलका बाँकेका दुर्गा प्रसाद थारुले ३९३ मत मात्र ल्याउन सके ।

त्यस्तै उपसचिव महिलातर्फ कँडेल प्यानलका बर्दियाका लिला राना मगर १ मतले निर्वाचित भएका छन् । ३५१ मत ले राना निर्वाचित हुँदा बाँकेकी बसन्ती अधिकारीले ३५१ मत ल्याइन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । घिमिरे पनि कँडेल प्यानलका हुन् । १००४ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ३९ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

शनिवार शुरू प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । ओलीले सहमतिमा नेतृत्व चयनका लागि दबाव बढाए पनि नेतृत्व चयन मतदान प्रक्रियामा गएको थियो ।

एमालेको गढ मानिने लुम्बिनी प्रदेशमा भएको प्रतिस्पर्धालाई एमालेको आन्तरिक जीवनमा निकै अर्थपूर्ण ढंगले हेरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित