मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मत गणना सुरु

बुटवल : एमाले लुम्बिनी प्रदेश अधिवशनमा नँया नेतृत्व चयनका लागि मत गणना सुरु भएको छ। मङ्गलबार भएको मतदानमा एक हजार ४ जना मतदातामध्ये नौ सय ६५ जनाले मतदान गरेका थिए।

मतदानको समय बिहान ८ बजेदेखि दिँउसो १ बजेसम्मको समय तोकिएको भएपनि २ बजे मात्र मतदान सम्पन्न भएको थियो।

सकभर मत गणना आजै सम्पन्न हुने गरि काम भइरहेको निर्वाचन समितिले जनाएको छ।

गत शुक्रबार देखि सुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि सहमती नजुटेपछि पार्टी अध्यक्ष केपि शर्मा ओलीको निर्देशन विपरित निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली चुनावी मैदानमा छन्। सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारू छन्।

त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लीला राना मगर छन्।

कुल १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनबाट २०५ सदस्यीय प्रदेश कमिटी बन्ने छ।

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिइएको छ।

महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कँडेललाई समर्थन गरेका छन्।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा खुलेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित