मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

एमाले लुम्बिनी प्रदेश अधिवेशनमा ८ बजे हुने भनिएको मतदान भोलि बिहानसम्मलाई सर्‍यो

एमालेको प्रथम लुम्बिनी अधिवेशनमा राति ८ बजेबाट हुने भनिएको मतदान मंगलबार बिहान ७ बजेसम्मका लागि स्थगित भएको छ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनमा सचिवमा बाहेक अन्य पदका लागि राति ८ बजेबाट हुने मतदान मंगलबार बिहान ७ बजे मतदान सुरू हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए।

उनका अनुसार रातको समयमा मतदान गर्न कठिनाइ हुने भएकाले मतदानको कार्यक्रम स्थगित भएको हो।

अधिवेशनमा राधाकृष्ण कँडेल र हरिप्रसाद रिजाल अध्यक्षका उम्मेदवार छन्।

कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन्।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।

सचिवमा दाङका लक्ष्मण आचार्य र सोमनाथ सापकोटाको उम्मेदवारी पर्दा उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ।

उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मी हुन्।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लिला रानामगरको उम्मेदवारी रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित