‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमाले प्रदेश अधिवेशन : रिजालले पनि गराए वारेसमार्फत उम्मेदवारी दर्ता

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि हरि रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

रुपन्देहीको बुटवलमा जारी प्रदेश अधिवेशनमा नेतृत्वका लागि रिजालले आइतबार राति उम्मेदवारी दर्ता गराएका हुन् । विजय बिराज विष्टलाई प्रस्तावक र लालसिंह काउछालाई समर्थक राखेर रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । रिजालले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटी सदस्य भरत पोखरेलले जानकारी दिए ।

सहमतिमा नेतृत्व चयनका लागि भएका प्रयास विफल भएपछि अध्यक्षका प्रत्यासीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका लागि राधाकृष्ण कँडेलले सुरुमै उम्मेदवारी दर्ता गराएका थिए ।

नयाँ नेतृत्व चयन गर्दै एमाले लुम्बिनी प्रदेश अधिवेशन भोलि सम्पन्न गर्ने तयारी छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित