कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

एमाले प्रदेश अधिवेशन : रिजालले पनि गराए वारेसमार्फत उम्मेदवारी दर्ता

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि हरि रिजालले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

रुपन्देहीको बुटवलमा जारी प्रदेश अधिवेशनमा नेतृत्वका लागि रिजालले आइतबार राति उम्मेदवारी दर्ता गराएका हुन् । विजय बिराज विष्टलाई प्रस्तावक र लालसिंह काउछालाई समर्थक राखेर रिजालले उम्मेदवारी दर्ता गराएका हुन् । रिजालले वारेसमार्फत उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटी सदस्य भरत पोखरेलले जानकारी दिए ।

सहमतिमा नेतृत्व चयनका लागि भएका प्रयास विफल भएपछि अध्यक्षका प्रत्यासीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका लागि राधाकृष्ण कँडेलले सुरुमै उम्मेदवारी दर्ता गराएका थिए ।

नयाँ नेतृत्व चयन गर्दै एमाले लुम्बिनी प्रदेश अधिवेशन भोलि सम्पन्न गर्ने तयारी छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित