भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

एमाले लुम्विनी प्रदेश अध्यक्षमा कंडेल र रिजालको उम्मेदवारी दर्ता

नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको नेतृत्वको लागि सहमती हुन नसकेपछि निर्वाचन हुनेभएको छ।

सनिवार देखि शुरु भएको अधिवेशनमा सहमतीको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो।

नेतृत्वको लागी अध्यक्षमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल केन्द्रिय सदस्य समेत रहेका हरि रिजालले उम्मेदवारीदर्ता गरेका छन्।

कंडेलले राजु श्रेष्ठको प्रस्तावक भोजराज पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै रिजाललाईबिजय बिराज बिष्ट प्रस्तावक बालसिंह काउछाले समर्थन गरेका छन्।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रलाई सम्वोधन गर्दै सहमती गर्न आग्रह गरेको भएपनि अध्यक्षकाआकांक्षीहरु कंडेल रिजालले एक आपसमा सहमती गर्न नमानेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्था आएकोहो।

प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आईतवार राती बजेदेखी निर्वाचन प्रक्रियाको काम स्थगित गरि सोमबारबिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए।

अध्यक्ष लगायत उपाध्यक्ष, सचीव, उपसचिव सदस्य सबै पदमा आवस्यक संख्या भन्दा धेरैको उम्मेदवारी दर्ता भएकोनिर्वाचन आयोगले जनाएको छ।

सोमबार मनोनयनको काम सकिएपछि मतदानको काम सुरु गरिने प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचीव दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने

लुम्विनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेल महासचिव शंकर पोखरेलको शक्तिकोलडाईको रुपमा लिंदा अझ पेचिलो बन्दै गएको छ।

महासचिव पोखरेलले केन्द्रिय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले बर्तमानअध्यक्ष राधाकृष्ण कडेललाई समर्थन गरेका छन्।

यो संगै पार्टीका केन्द्रिय पदाधिकारी सदस्यहरु समेत दुई भागमा बिभाजित भएको देखिन्छ पार्टीका उपमहासचिवप्रदिप ज्ञवालीसंगै केन्द्रिय सदस्यहरु चेत नारायण आचार्य, भुमिश्वर ढकाल शिव सुवेदी रिजालको पक्षमा लागेकाछन् भने सचिव छविलाल बिश्वकर्मा तथा गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्यहरु लिला गिरी, खिमलाल भट्टराई, दधिरामन्यौपाने, बैजनाथ चौधरी लगायत कंडेलको पक्षमा लागेका छन्

अधिवेसन प्रतिनिधीहरु समेत नेताहरु जस्तै दुई भागमा बिभाजित देखिएका छन् कतिपय महाधिवेशन प्रतिनिधीहरुलेपुरा कार्यकाल पनि काम गर्न नपाएका कारण राधाकृष्ण जस्तो ईमान्दार नेतालाई अन्याय गर्न नहुने बताएका छन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित