रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

सहमतीमै नेतृत्व चयन गर्न पद्मा अर्याललाई जिम्मा दिएर काठमाडौं फर्किए ओली (तस्वीरहरु)

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्केका छन् ।

काठमाडौं फर्किनुअघि आइतबार बिहान बन्द सत्रमा सम्बोधन गर्दै ओलीले एकताबद्ध भएर जान प्रतिनिधिलाई निर्देशन गर्दै पार्टीको सबै निर्णय गर्ने अधिकार अर्याललाई दिए ।

एउटा पद नहुँदै केही बिग्रिने छैन, म नभए पनि विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ, नमाने चुनावमा जाने अधिकार सबै प्रतिनिधिलाई छ, ओलीले भने । नेताहरूलाई पार्टी निर्माणका लागि त्याग गरेर अघि बढ्न उनले आग्रह गरे ।

‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं’, अध्यक्ष ओलीले भने, ‘एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानै पर्छ । तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ ।’
अध्यक्ष ओलीले निर्वाचन सम्पन्न गर्नका लागि सबै अधिकार पार्टी सचिव तथा लुम्बिनी इन्चार्ज पदमा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरे । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

प्रतिनिधिहरूलाई समेत इन्चार्जको निर्देशन मान्नु पर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । अध्यक्ष ओलीले पार्टीभित्र आम रूपमा आत्मकेन्द्रीत हुने प्रवृत्ति बढेको बताउँदै राष्ट्र केन्द्रित र जनता केन्द्रित हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

‘पार्टीको निर्णयमा, पार्टीको हितमा, देशको हितमा अघि बढौं । आन्दोलन सफल बनायौँ भने मात्रै अवसरहरू प्राप्त हुन्छन् । हामी सफल हुन्छौँ ’, ओलीले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित