निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एमाले प्रदेश अधिवेशन : आज निर्वाचन प्रक्रिया सुरु हुँदै

नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्रमा आइतबार निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलले शनिबार साँझ प्रस्तुत गरेको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथिको छलफल सकेर बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने छ ।

प्रथम अधिवेशनको बन्दसत्र बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा शनिवार साँझ ८ बजेपछि सुरु भएको थियोे ।

बन्द सत्रले वर्तमान प्रदेश कमिटी विघटन गरेर एमाले केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालको अध्यक्षमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य सम्मिलित ९ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य कांशीराज अधिकारी, दलबहादुर राना, पुष्पराज कँडेल, पोलिटब्युरो सदस्य सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य सावित्रा अर्याल र सरिता खनाल रहेका छन् ।

लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहबाट छानिएर आएका १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनले शनिबार प्रस्तुत गरेको प्रतिवेदनमाथि आइतबार विहान ८ बजेदेखि छलफल सुरु भएकाे छ ।

छलफल सकिएपछि आइतबार नै ११ बजेपछि निर्वाचन प्रक्रिया सुरु गरी सकेसम्म आइतबार नै निर्वाचन सम्पन्न गर्ने गरी तयारी भइरहेको निवर्तमान प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

अधिवेशनले २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ । अधिवेशनमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल अध्यक्षका आकांक्षी छन् । यसअघि अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सचिवालयमा सहभागी नेताहरुलाई निर्देशन दिएका थिए ।

केन्द्रीय सचिवालयमा उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मालगायतका नेता छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित