दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

शंकर पोखरेल भन्छन् – राजनीतिक दल धेरै हुँदा मुलुकमा अस्थिरता बढ्यो

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको लागि धेरै दल होइन थोरै बलिया शक्तिको खाँचो रहेको बताएका छन् ।

धेरै राजनीतिक दल हुँदा मुलुकमा अस्थिरता बढेको बताउँदै उनले थोरै शक्तिको खाँचो रहेको बताए । शनिवार बुटवलमा शुरू भएको एमाले प्रदेश अधिवेशनमा बोल्दै महासचिव पोखरेलले भने, ‘जति धेरै राजनीतिक दल, त्यति धेरै वैचारिक विचलन, त्यति धेरै अस्थिरता र वैदेशिक हस्तक्षेप बढ्ने स्पष्ट छ ।’

पोखरेलले एमालेभित्र पदका लागि प्रतिस्पर्धा नभएको दाबी समेत गरे । राजनीतिक, वैचारिक र सांगठनिकरुपमा स्पष्ट नेता केपी शर्मा ओली नेतृत्वको पार्टीमा एकताबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

लुम्बिनी प्रदेशको अधिवेशनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै उनले पार्टी एकताबद्ध रहेको र त्यसको जवाफ प्रतिनिधिले नेतृत्व चयनबाटै दिने उनले बताए ।

महासचिव पोखरेलले केन्द्रका केही सञ्चारमाध्यमले एमालेलाई कमजोर पार्ने कुत्सित मनसायले कुनै प्रतिस्पर्धा नै नभएको विषय उठाएर भ्रम फैलाएको पनि आरोप लगाए । ‘हामीबीच कुनै प्रतिस्पर्धा छैन,’ उनले भने, ‘प्रतिस्पर्धा छ त, केवल दलाल, पुँजीवादी र विदेशी शक्तिको गोटी बन्नेहरूसँग छ ।’ उनले मुलुकलाई बलियो शक्ति निर्माणका लागि प्रतिस्पर्धा गर्नुपर्ने बेला भएको पनि स्पष्ट पारे ।

एमाले कुनै पनि भ्रम र षडयन्त्रबाट प्रभावित नहुने, विकास र समृद्धिका लागि मुलुकको स्वाधीनता र स्वाभिमानका लागि एकताबद्ध भएर अघि बढिरहेको बताए । ‘अहिलेको जुन भ्रम र षडयन्त्र भइरहेको छ, त्यसलाई नेतृत्व चयनका बेला प्रतिनिधिहरूले नै गलत साबित गरिदिनु हुनेछ,’ उनले भने, ‘लुम्बिनीबाटै एमाले र राष्ट्रलाई बलियो बनाउने गरी नेतृत्व चयन गर्नुहुनेछ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित