‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमालेलाई कमजोर बनाउन सत्तारुढ दलले विदेशी शक्तिको आडमा मोर्चाबन्दी बनाए : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् ।

आज बुटवलमा आयोजित पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको बताए ।

उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ, यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ ।’

सत्तारुढ दलहरू र प्रधानमन्त्रीलाई आलोचना गर्दै आफ्नो कुर्सीको दीर्घायुको लागि जस्तोसुकै सम्झौता गर्नेहरूबाट नेपालीले कुनै आशा गर्न नसक्ने उनले बताए ।

देशको प्रधानमन्त्री, मन्त्री र सरकारमा रहेका दलका नेताहरूले सामाजिक सद्भाव खलबलिने गरी दिएका अभिव्यक्तिले देशलाई थप अस्थिरतामा लगेको नेता ज्ञवालीले बताए ।

नेता ज्ञवालीले सत्तारुढ दलका नेता कार्यकर्तालाई जोगाउने गरी विभिन्न भ्रष्टाचारका फाइलहरू खोल्ने र बन्द गर्ने हल्ला गरिएको बताउँदै अब एमालेभित्रको एकताबाट त्यसलाई चिर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

एमालेभित्र सबै शक्तिको गठबन्धन हुँदा पनि एमाले जनमतमा पहिलो शक्ति भएको बताउँदै उनले सरकार बनाउन बहुमत आवश्यकता हुने भएकाले अब मिसन ०८४ को अभियान चालिएको नेता ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित