मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

विष्णु पौडेल भन्छन्- पार्टीको नेतृत्व केपी ओलीबाहेक अरूबाट हुन सक्दैन

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् ।

‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ बुटवलमा शनिवार आयोजित एमाले प्रदेश अधिवेशनमा उनले भने ।

‘एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद छैन, विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने छौँ ।

अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट छ’ पौडेलले भने–‘पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट-उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने अवस्था छ ।’

पौडेलले केही समयअघि एमालेले जित्नै पर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

उनले एमालेले जित्नै पर्ने ठाउँ गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा बन्नुपर्ने बताए ।

‘विगतका अनुभव, कमजोरीको समीक्षा हुनुपर्दछ, एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्नेलाई अब छुट हुनेछैन’, उनले भने।

प्रदेश नेतृत्वको विषयमा महासचिव शंकर पोखरेलसँग जोडेर केही समाचार अर्नगल भएको उनले बताए ।

‘एमालेको भविष्यवाणी गर्ने अधिकार यसका सदस्यलाई, प्रतिनिधिलाई मात्र भएको, बाहिर बसेर पार्टीलाई संकटमा धकेल्न सकिन्छ भनेर मुख मिठाउनेलाई बलियो जवाफ दिनुपर्ने समय आएको छ’ उनले भने ।

लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लामा नेताकार्यकर्ताहरुले वास्ता गर्न नपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले अहिलेको सरकार विदेशीको इशारामा चलेकाले देशवासीले कुनै अपेक्षा गर्न नसक्ने बताए ।

‘सरकारमा बसेका सबैलाई एउटै चिन्ता छ, एमाले बलियो बन्छ भनेर मोर्चाबन्दी गरिएको छ, यसमा विदेशी शक्ति केन्द्रले खेलेका छन्, यसलाई चिर्न अब पार्टीपंक्ति एकताबद्ध हुन जरुरी छ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित