‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

एमालेमा गुट बनाउने छुट कसैलाई छैन : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेभित्र कुनै समूह बनाउने छुट कसैलाई नभएको बताएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै उनले एकतामै पार्टी र देशको भविष्य रहेको भन्दै कुनै नाममा पार्टीभित्र समूह, गुट बनाउने छुट नभएको बताएका छन् ।

‘एमालेका दुई नेताको विवादलाई जोडेर मिडियामा आयो, एमालेका आम कार्यकर्तामाथि यो विश्वास हुने कुरा हुँदैन, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यो देशवासीमाथि बेइमानी हुनेछ, कार्यकर्ताले एकता खोजेको छ, कुनै समूह खोजेको छ, यसमा कसैलाई छुट हुनेछैन । ’ उनले भने ।

उनले एमालेलाई स्पष्ट बहुमतलाई ल्याउन अब कसैले रोक्न नसक्ने बताउँदै देशको नेतृत्व गर्न अब अन्य शक्तिको विकल्प नभएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित