दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

नेकपा (एमाले) को लुम्विनी प्रदेशको पहिलो अधिवेशनको तयारी पुरा भएको छ ।

आयोजक नेकपा एमाले लुम्बिनी प्रदेशले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पुरा भएको र लुम्बिनीको अधिबेशनले देशलाई नै नयां सन्देश दिने बताएको छ ।

भदौ १६ र १७ गते बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनले नेकपा (एमाले) को राजनीतिक जीवनलाई रक्त सञ्चार गर्ने र देशलाई नै नयां सन्देश दिने एमालेले जनाएको छ ।

नेकपा एमालेले वर्ष २०८० लाई आफ्नो पार्टीको अधिवेशन वर्षका रुपमा घोषणा गरी अघि बढेको र यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्न लागेको साथै यसले पार्टी जीवनलाई संघीय ढांचा अनुरुपमा लगेर नयां नेतृत्व चयन गर्ने भएकोले यो आफैमा ऐतिहासिक महत्वको रहेको उनको भनाई छ ।

सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउसो साढे १२ वजे अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा गर्ने अध्यक्ष कंडेलले बताए ।

उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल,महासचिव शंकर पोख्रेल,उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्मेलन पूर्व विहान १० वजेदखि बुटवलका १९ वटै वार्डहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकी सहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन ।

सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १००४ प्रतिनिधिहरु सम्मेलनका प्रतिनिधि रहनेछन ।

अधिवेशनले यस अघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताईन ।

पार्टीभित्र स्वस्थ प्रतिपर्धालाई निषेध नगरिएको पोलिट व्यूरो सदस्य सुर्य थापाले स्पष्ट पारे । साथै उनले अन्तिम समयमा सर्वसहमत नेतृत्व आए आश्चय चकिन नहुन सवैलाई आग्रह गरे ।

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बांकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखांचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन ।

त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित