श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

कन्सल्टेन्सी उद्घाटनमा लुम्बिनीका मन्त्री देखि यातायातका हाकिमको लर्को

बुटवल । उद्घाटन र शिलान्यासका कार्यक्रम भनेपछि हुरुक्क हुने प्राय नेताहरुको प्रवृत्ति बनेको छ । कतिपय बेला त कार्यक्रमको छनोट गर्न नजान्दा मन्त्री, नेताहरु पनि बेला बेला आलोचित समेत बन्ने गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यहि हप्ता जस्तोसुकै कार्यक्रममा सहभागी हुँदाको परिणाम बहिस्कार गरेर बाहिरिनु पर्यो ।

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोहमा प्रमुख अतिथी बनेर उपस्थित भएका मुख्यमन्त्री चौधरी कार्यक्रम बहिस्कार गरेर बाहिरिएका थिए ।

कार्यक्रममा आयोजकले विदेशी राष्ट्रिय गान बजाएको भन्दै चौधरीले बहिस्कार गरेर बाहिरिएको उनका प्रेस सल्लाहकार गोपल भट्टराईले बताए । लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री सि.के. गुप्ता पनि कार्यक्रम छनोटमा चुक्दा आलोचित बनेका छन् ।

बुटवलमा सोमबार मिलनचोकमा एउटा कन्सल्टेन्सी उद्घाटन कार्यक्रमको अयोजना गरिएको थियो । जसको प्रमुख अतिथि भएर उपस्थित भएका थिए गुप्ता ।

भैरहवाबाट साइरन बजाउँदै अघिपछि कडा सुरक्षासहित कन्सल्टेन्सीको उद्घाट गर्न उपस्थित भएका मन्त्री गुप्ताले कन्सल्टेन्सीलाई आवश्यक सहयोग गर्नका लागि समेत तयार रहेको प्रतिवद्धता गरे । ‘सामाजिक विकास मन्त्रालयबाट के सहयोग गर्नुपर्ने हुन्छ त्यसको लागि तयार छौं ।’–उक्त कन्सल्टेन्सीलाई बधाई दिँदै उनले भने ।

विदेशमा गएर राम्रो शिक्षा लिएर देश फर्किनु पर्ने बताउँदै उनले देशका लागि शिक्षित युवाको खाँचो रहेको उल्लेख गरे । नेपालमै रोजगारी र शिक्षाको अवसर सिर्जना गर्नका लागि पहल गर्नुपर्ने सरकारका मन्त्रीले नै यसरी एउटा निजी कन्सल्टेन्सीलाई प्रोत्साहन गर्दै युवाहरुलाई विदेश पठाउन प्रेरित गर्ने प्रवृत्तिले प्रदेश सरकारको जिम्मेवारीमाथि नै प्रश्न उठेको छ ।

यसैगरी सोही क्रममा उनले लुम्बिनी प्रदेश सकारले २ लाख युवाहरुलाई रोजगारी सिर्जना गर्नेगरी काम समेत गरिरहेको दाबी गरे । विहानको साढे ११ बजे सुरु भएको उक्त कार्यक्रममा मन्त्री मात्र थिएनन्, सवारी चालक अनुमती पत्र कार्यालय बुटवलका प्रमुख आलोक कुमार गुप्ता समेत उपस्थित थिए ।

प्राय सेवाग्राहीहरुको घुइँचो लाग्ने यातायात कार्यालयका हाकिम कार्यालय समयमा एउटा निजी कन्सल्टेन्सीको उद्घाटन गर्न उपस्थित हुनुले उनको जिम्मेवारी के हो भन्ने विषयमा प्रश्न उब्जिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित