पछिल्लो ६ वर्षमा रुपन्देहीमा पछिल्लो ६ वर्षयता २ हजार ७ सय ८१ घरेलु हिंसाविरुद्धका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । यो आर्थिक वर्ष २०७४/०७५ देखि ०७९/ ०८० सम्मको तथ्यांक हो ।
घरेलु हिंसाका घटनालाई स्थानीय तहमा समेत हेरिन्छ । तर, प्रहरीमा उजुरी पर्ने क्रम कम नभएको रुपन्देही प्रहरीका महिला बालबालिका तथा ज्येष्ठ नागरिक महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक सविता जीसीले बताइन् । सबैभन्दा धेरै उजुरी गत आर्थिक वर्ष २०७४/०७५ मा ५ सय ९४ वटा दर्ता भएका छन् ।
प्रहरीका अनुसार घरेलु हिंसाका ९९ प्रतित घटना महिलामाथि हिंसा भएका छन् । त्यसमा अधिकांश घटना पतिबाट यौन विचलनका कारण भएको पाइन्छ । आफन्त त्यसमा पनि पतिबाट भएका हिंसाविरुद्ध प्रहरीमा पुगेका महिलाले सहज न्याय पाउन सकेका छैनन् । प्रहरीमा पुगेका धेरै घरेलु हिंसाका घटना दर्ता गर्न समस्या छ ।
प्रहरीले यस अवधीमा ४ जनाको मात्रै मुद्दा दर्ता गरेको छ । दर्ता भएकालाई अनुसन्धान थाल्न र टुंग्याउन थप समस्या भएको अधिकारकर्मी हेमा न्यौपानेले बताइन् ।










