रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

आयोगका अनुसार डीएसपी केसीले बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई फिर्ता गर्नको लागि रकम माग गरेका थिए । साथै उनको निवासबाट नगदसहित सुन बरामद भएको थियो ।

अनुसन्धानको क्रममा उनले २०७९ मंसिर २५ गते ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिई गई १५ दिनसम्म आफू कार्यरत कार्यालयका राखेको खुलेको थियो ।

आयोगका प्रवक्ता दाहालका अनुसार उनले अन्य जिम्मेवार कर्मचारीलाई पनि कुनै जानकारी गराएका थिएनन् । १५ दिनसम्म आफैंसँग गोप्य राखी सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत घुसको मोलमोलाई गरी ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजारको चेक लिएर अन्य व्यक्तिमार्फत सुन फिर्ता दिन लगाएको पुष्टि भएको थियो ।

उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित