भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका आकांक्षी रिजालले गरे गोप्य भेला

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मिति नजिंकिंदै गर्दा गुटगत भेला बढेको छ । प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हरिप्रसाद रिजालले आफ्नो पक्षमा माहोल बनाउन बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा भेला गरेको छ ।

रिसोर्टमा मंगलबार पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसद समेतको सहभागी छन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेल निकट प्रदेशका नेताहरु केन्द्रीय सदस्य बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरेले साथ दिएका छन् ।

गोप्य भेलामा यी नेताहरुसहित १० वटा जिल्लामध्ये केहीका अध्यक्ष र केहीका सचिवहरु सहभागी भएका थिए । भेलामा चुनाव भएमा रिजालको टिमबाट पदाधिकारीमा कुन कुन नेतालाई समावेश गर्ने भन्ने छलफल भएको थियो । प्यूठान जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार सो भेलामा रोल्पा र रुकुमका नेता भने सहभागी थिएनन् ।

जिल्लाबाट छनोट भएका प्रतिनिधिको गुटगत पक्षधरता र चुनावी रणनीतिबारे रिपोर्टिङ र छलफल भएको विष्टले बताए । ‘नेतृत्व चयन सहमतिबाट गर्न अधिकतम पहल गर्ने र हुंदै नभएमा मात्रै चुनावमा जाने भन्ने विषयमा छलफल भयो’, विष्टले भने, ‘शीर्ष नेताहरुलाई सहमतिका लागि दबाव दिन भेला गरिएको हो, त्यस्तो खास अरु केही भएको हैन ।’

एमालेको लुम्बिनी प्रदेश अधिवेशन भदौ १६ र १७ गते हुँदैछ । अध्यक्ष पदका लागि पाल्पाका राधाकृष्ण कंडेल, प्युठानका हरिप्रसाद रिजाल र दाङका लक्ष्मण आचार्य पनि आकांक्षी छन् ।

एमालेको लुम्बिनी प्रदेश अध्यक्ष तथा अधिवेशनबाट पुनः अध्यक्ष पदका आकांक्षी कंडेलले एउटा पक्षले गुटगत भेला गरेको आफूले पनि जानकारी पाएको तर प्रतिनिधिले विवेक प्रयोग गर्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएकाे खवर अनलाइन खवरमा छ ।

‘राधाकृष्ण कंडेललाई रोक्न भेला गरेर रणनीति बनाइयो भन्ने साथीहरुले सुनाउनुभयो तर मलाई यसरी गटबन्दी गर्नु छैन’, कंडेलले भने, ‘छलफल गर्न थियो भने बुटवलमै पार्टी अफिस थियो, रिसोर्टमा छुट्टै भेला गर्दा राम्रो सन्देश गएन ।’

पार्टीको महाधिवेशनमा एक कार्यकाल प्रदेश अध्यक्ष भएर काम गर्ने सहमति अनुसार केन्द्रीय सदस्य नभएकाले प्रतिनिधिले आफूलाई न्याय गर्ने कंडेल बताउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित