जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

तीन हजार ७४२ थान मालासहित दुई पक्राउ

प्रहरीले अवैध माला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिभिन्न काठबाट बनेका माला बरामद गरेको हो । जिल्लाको मायादेवी गाउँपालिका–६, बेथरीबाट प्रहरीले ती माला बरामद गरेको जनाएको छ ।

लुमिबनीबाट काठमाडौं जाँदै गरेको लु २ ख २१२० नम्बरको बस चेकजाँच गर्ने क्रममा विभिन्न प्रजातीका काठबाट बनेका माला फेला परेको रुपपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विकले जानकारी दिए । बरामद माला लुम्बिनी सांस्कृतिक नगरपालिकाका २९ वर्षीय धिरजकुमार कुर्मीले काठमाडौं लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

बिभिन्न प्रजातिका ३ हजार ७४२ पिस (५ बोरा) काठको मालासहित धिरज कुर्मी, बस चालक हरिराम हरिजनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद मालाहरु, बस चालक र माला धनिलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय, भैरहवा रुपन्देही पठाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित