प्रहरीले अवैध माला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिभिन्न काठबाट बनेका माला बरामद गरेको हो । जिल्लाको मायादेवी गाउँपालिका–६, बेथरीबाट प्रहरीले ती माला बरामद गरेको जनाएको छ ।
लुमिबनीबाट काठमाडौं जाँदै गरेको लु २ ख २१२० नम्बरको बस चेकजाँच गर्ने क्रममा विभिन्न प्रजातीका काठबाट बनेका माला फेला परेको रुपपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विकले जानकारी दिए । बरामद माला लुम्बिनी सांस्कृतिक नगरपालिकाका २९ वर्षीय धिरजकुमार कुर्मीले काठमाडौं लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
बिभिन्न प्रजातिका ३ हजार ७४२ पिस (५ बोरा) काठको मालासहित धिरज कुर्मी, बस चालक हरिराम हरिजनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद मालाहरु, बस चालक र माला धनिलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय, भैरहवा रुपन्देही पठाइएको छ ।










