श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

पाल्पा पहिरो : जिप पुरिँदा मृत्यु भएका तीन जनाकै पहिचान

पाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।

बुधबार बिहान भएको दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । तीनै जनाको घटनास्थलमै माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएको हो ।

गुल्मीको तम्घासबाट पाल्पा भई बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रा.लि.को जिप सडक स्तरोन्नति गरेको जोर्ते क्षेत्रमा सुख्खा पहिरोले च्यापिएको प्रहरीले जनाएको छ । घाइते ८ जनामध्ये चालक बालकृष्ण श्रेष्ठ सकुशल रहेका छन् ।

बाँकी सात जनाको तानसेन पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित