आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

समाजवादी मोर्चालाई कमजोर नठान्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

बुटवल । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई कमजोर नठान्न चेतावनी दिएका छन् ।

बुटवलमा मँगलबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै विशाल शक्ति निर्माणका लागि मोर्चालाई सडकमा लगेर ठूलो जनमत तयार पार्ने बताउँदै कसैले पनि मोर्चालाई कमजोर नठान्नु चेतावनी दिए ।

मोर्चालाई हर हालतमा बदनाम गर्ने, फुटाउने कमजोर बनाउने षड्यन्त्र भैरहेको बताउँदै उनले मोर्चालाई अझ बलियो बनाउन पूर्व माओवादीहरुलाई एक हुन आह्वान समेत गरे ।

मोर्चा घोषणाले मात्रै नपुग्ने बताउँदै उनले परिवर्तनलाई उल्ट्याउने दुस्साहस भैरहेको बताए ।

‘हामीमाथि मुद्दा हाल्ने कोसिस भयो, सरकारमा गएको बेला मलाई नै २ वटा मुद्दा लगाउने काम भयो ।’ प्रचण्डले भने, ‘हामी एकतावद्ध भएनौ भने स्थिती बडो गम्भीर आउन सक्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित