रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति गठन

बुटवल । समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा आज आयोजित समाजवादी मोर्चाको ‘सन्देश सभा’मा समितिका सदस्यहरूको नाम घोषणा गरिएको हो ।

मोर्चामा आबद्ध दलका ३/३ जना नेताहरू सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको जानकारी दिइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन भएका छन्।

यसै गरी एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् । त्यस्तै जसपाबाट नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् । यस्तै नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा कमिटीमा समावेश भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित