
बुटवल । अनेरास्ववियु बुटवल उपमहानगर को नेतृत्वमा उजिरसिंह माविमा कमिटी गठन भएको छ।
मंगलबार भएको भेलामा बुटवल अध्यक्ष रोशन घिमिरेको अध्यक्षता,जिल्ला कमिटी सदस्य सृजन नेपालको प्रमुख आतिथ्यमा तथा अनेरास्ववियु बुटवल उपमहानगर उपाध्यक्ष बिशाल थापा, रोहित सुनारलगायतले अनेरास्ववियुकाे इतिहास र याेगदान तथा संगठनमा जाेडिदा हुने फाइदाबारे प्रकाश पारेका थिए ।
भेलाले लोकनाथ भुसाल अध्यक्ष रहेकन ४५ सदस्यीय कमिटी गठन भएको नगर अध्यक्ष घिमिरेले जानकारी दिए ।