श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव

गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ ।

अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे ।

प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई साेमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हाे । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियाे।

आज बिहान ६ बजेकाे समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएकाे थियाे ।

इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहाेस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बाेलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबाेलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाकाे ज्यान गएकाे पन्थीले बताए ।

घटनाका प्रत्यक्षदर्शीले समेत रहेका धुर्काेट -०३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले एक बच्चाले ज्यान गुमाउनुपरेको बताए ।

आफू साेमबार साँझदेखि अस्पतालमै रहेको र बच्चा हिज साँझसम्म हिड्ने, खेल्ने गरेकाेमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएकाे बताए ।

अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।  अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेकाे बताए ।

हुमाकान्त बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित