नेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान सुरु गरेकाे छ। आज देखि दुई गन्तव्यमा उडान सुरु गरेकाे हाे ।
नेवानि प्रवक्ता रमेश पौडेलले भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरी बजार माग तथा बजार व्यवस्थापनअनुसार उडान संख्या बढाउँदै लैजाने योजना रहेको बताए।
उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौं अवतरण गर्ने छ। त्यसपछि ट्रान्जिट भई हङकङ र दिल्ली जाने यात्रु नेवानिकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन्।
यात्रु सुविधाका लागि ‘चेक इन’ गर्ने बेला गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको उनले बताए।










