रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

आज देखि गौतमबुद्ध विमानस्थलबाट काठमाडौं ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान सुरु

नेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान सुरु गरेकाे छ। आज देखि दुई गन्तव्यमा उडान सुरु गरेकाे हाे ।

नेवानि प्रवक्ता रमेश पौडेलले भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरी बजार माग तथा बजार व्यवस्थापनअनुसार उडान संख्या बढाउँदै लैजाने योजना रहेको बताए।

उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौं अवतरण गर्ने छ। त्यसपछि ट्रान्जिट भई हङकङ र दिल्ली जाने यात्रु नेवानिकै ‘कनेक्टिङ’ उडानमा चढ्ने छन्।

यात्रु सुविधाका लागि ‘चेक इन’ गर्ने बेला गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित