रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

एड इन्टरनेशनल एजुकेशनको पहिलो शाखा बुटवलमा

काठमाण्डौको बागवजारमा सञ्चालमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान गर्नेगरी काठमाण्डौमा २०७७ सालमा स्थापना भएको एड इन्टरनेशनल एजुकेशनको यो पहिलो शाखा हो ।

बुटवल शाखाको सोमबार लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले उद्घाटन गरे। त्यस अवसरमा बोल्दै उनले वैदेशिक शिक्षाको लागि गएका युवाहरुलाई स्वदेशमा फर्किएर देशको विकासमा जुट्न आग्रह गरे । उनले शिक्षाको लागि विदेश गएका युवाहरु उतै पलायन हुने प्रबृत्तिका कारण देशको विकास हुन नसकेको बताउँदै उनले पाएको शिक्षा नेपालमा आएर प्रयोगमा ल्याउन आग्रह गरे । उनले शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्याउनको लागि लुम्बिनी प्रदेश सरकार निरन्तर लागेको बताए ।
मन्त्री गुप्ताले अव छिटै संघीय शिक्षा ऐन आउन लागेको र त्यसपछि प्रदेशले पनि प्रदेश शिक्षा ऐन ल्याउने जानकारी गराए ।

प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्नको लागि ४ अर्व बजेट छुट्याएको जानकारी गराउँदै यो कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि सबैको साथ सहयोगको लागि आग्रह गरे ।

एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक दीपक लामिछानेले कन्सल्टेन्सी स्थापना पछि सयौंको संख्यामा विद्यार्थीलाई वैदेशिक शिक्षाको लागि विभिन्न देशमा पठाएको बताउँदै अब नेपाललाई पनि शैक्षिक गन्तव्य बनाउनको लागि पहल भईरहेको जानकारी गराए ।
उनले बुद्धिजम लगायतका विषयमा नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने बताउँदै त्यस विषयमा पहल भईरहेको र निकट भविश्यमा यसले सार्थकता पाउने विश्वास व्यक्त गरे । उनले लुम्बिनी बुटवलसंग अरु प्रदेशमा पनि शाखा विस्तार गरिने जानकारी दिए ।

त्यस्तै एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी बुटवल शाखाका प्रवन्धक कृष्ण पाण्डेले विधि प्रकृया पुरा गरेर पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो सयममा कलेजमा भन्दा पनि कन्सल्टेन्सीमा विद्यार्थीको चाप बढी देखिएको बताउँदै वैदेशिक शिक्षाको लागि जाने विद्यार्थीले उहाँ पढेका र सिकेका सीपलाई नेपालमा आएर प्रयोग गर्न सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित