रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

शान्ती सुरक्षा कायम गर्न कसैसंग कुनै सम्झौता गर्दिन–प्रहरी निरीक्षक पाठक

बुटवल । वडा प्रहरी कार्यालय बुटवलमा हालै मात्र सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक महेशराज पाठकले समाजमा शान्ती सुरक्षा र अपराध नियन्त्रणमा कसैसंग पनि सम्झौता नगर्ने बताएका छन् ।

वडा प्रहरी प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै प्रहरी निरीक्षक पाठकले आफ्नो क्षेत्रभित्र शान्ती सुरक्षा कायम राख्न निरन्तर गस्ती बढाउने र सम्भावित क्षेत्रमा निगरानी अझै बढाउने बताए ।

बुटवलमा लागु औषध प्रयोगकर्ता रहेका स्थानमा सर्च अभियान थाल्ने, रात्रिकालिन होटल व्यवसाय सञ्चालन हुने क्षेत्रमा निगरानी बढाउनु साथै अपराध नियन्त्रण गर्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने आफ्नो योजना रहेको बताए ।

दुर्घटना न्यूनिकरणका लागि चेकजांच बढाउने, स्कुल तथा कलेजहरुमा सचेतनामुलक कार्यक्रम विद्यालय संगको सहकार्य गर्ने उनले बताए ।

त्यस्तै उनले मोडिफाइ मोटरसाईकललाई पनि चेकजांच गर्ने कार्यलाई अगाडि बढाउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित