
बुटवल । वडा प्रहरी कार्यालय बुटवलमा हालै मात्र सरुवा भइ आउनुभएका प्रहरी निरीक्षक महेशराज पाठकले समाजमा शान्ती सुरक्षा र अपराध नियन्त्रणमा कसैसंग पनि सम्झौता नगर्ने बताएका छन् ।
वडा प्रहरी प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै प्रहरी निरीक्षक पाठकले आफ्नो क्षेत्रभित्र शान्ती सुरक्षा कायम राख्न निरन्तर गस्ती बढाउने र सम्भावित क्षेत्रमा निगरानी अझै बढाउने बताए ।
बुटवलमा लागु औषध प्रयोगकर्ता रहेका स्थानमा सर्च अभियान थाल्ने, रात्रिकालिन होटल व्यवसाय सञ्चालन हुने क्षेत्रमा निगरानी बढाउनु साथै अपराध नियन्त्रण गर्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने आफ्नो योजना रहेको बताए ।
दुर्घटना न्यूनिकरणका लागि चेकजांच बढाउने, स्कुल तथा कलेजहरुमा सचेतनामुलक कार्यक्रम विद्यालय संगको सहकार्य गर्ने उनले बताए ।
त्यस्तै उनले मोडिफाइ मोटरसाईकललाई पनि चेकजांच गर्ने कार्यलाई अगाडि बढाउने बताए ।