रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

‘मेरो प्रतिनिधित्व युवाको लागी हो’ —सांसद घिमिरे

  • नमस्ते नेपाल बाल क्लबको अध्यक्षमा सचेत बस्नेत
  • , तिलोत्तमा । रुपन्देही क्षेत्र नम्बर ५ का सांसद बासुदेब घिमिरेले प्रतिनिधी सभामा आफ्नो प्रतिनिधित्व सधै युवाका लागि हुने बताएका छन् ।

    राजनितिक यात्रामा संसदमा हुने हरेक निर्णयमा साक्षी बस्नुपर्ने बताउदै उनले युवाको भरोसा टुट्ने काम आफुबाट कहिल्यै नहुने बताए । नमस्ते नेपाल बाल क्लवको प्रथम बाल सम्मेलनलाई रुपन्देहीको ड्राइभरटोलमा सम्बोधन गर्दै सांसद घिमिरेले सो कुरा बताएका हुन ।

    कार्यक्रममा बालबालिकाहरुले सांसद घिमिरेलाई बालअधिकारका क्षेत्रमा भएका नितिको फितलो कार्यान्वय, युवा बिदेश पलायन लगायताका बिषयमा जिज्ञासाहरु समेत राखेका थिए । बाल सम्मेलनका संयोजक दिप्सन अधिकारीको अध्यक्षता र सांसद बासुदेब घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नमस्ते नेपालका सल्लाहकार बाबुराम गैरे, संस्थाका सस्थापक अध्यक्ष अर्जुन खरेल, बर्तमान अध्यक्ष मनिस भुसाल, सचिव सन्दिप पौडेल क्षेत्री लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

    संस्थाका प्रवत्ता प्रशान्त ज्ञवालीको स्वागत र कविता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    यसैबिच, नमस्ते नेपाल वाल क्लबको अध्यक्षमा सचेत बस्नेत चयन भएका छन । रुपनदेहीको ड्राइभरटोलमा शनिबार सम्पन्न नमस्ते नेपाल बाल क्लबको प्रथम बाल सम्मेलनले बस्नेतको अध्यक्षतामा १७ सदस्य रहेको बाल क्लव सर्बसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुमित भण्डारी, लिसा घिमिरे र एलिजा थारु चयन भएका छन ।

    त्यस्तै सचिवमा निश्चल भट्टराई, सहसचिवमा रमिता न्यौपाने, कोषाध्यक्षमा अस्मिरा सुनार र सहकोषाध्यक्षमा अनुज देवकोटा चयन भएको नमस्ते नेपालका सस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । त्यस्तै क्लबको सदस्यहरुमा दृष्य भुसाल, अस्मिता खड्का, विवेक खड्का, आकृति पोखरेल, दुर्गा सुबेदी, जानुका क्षेत्री, कविता अर्याल, विपिना ज्ञवाली र आलिया खातुन रहेका छन । नमस्ते नेपाल बाल क्लब युवाहरुको सँस्था नमस्ते नेपालको भगिनी सँस्थाको रुपमा स्थापना भएको हो ।

    २०६८ सालमा १६ बर्षमुनिका बालबालिकाहरुले स्थापना गरेको बाल क्लव नाम परिबर्तन हुदै नमस्ते नेपाल युवाहरुको सँस्था बन्न पुगेपछि हाल स्थापनाकालको मर्मलाई आत्मसाथ गर्दै बाल क्लब गठन भएको हो ।

    नमस्ते नेपालले अब देशभर ७ वटै प्रदेशमा संस्थालाई बिस्तार गर्ने र भबिष्यमा अन्तराष्ट्रिय स्तरसम्म बिभिन्न देशमा रहेका नेपाली युवाहरुलाई समेत समेटेर संस्थालाइ संस्थाको दायरालाई फराकिलो बनाउदै लैजाने लक्ष रहेको अध्यक्ष मनिस भुसालले बताए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित