रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

नारायणी नदीमा बेपत्ता भएका ढकालको परिबारले गरे कुशको शव बनाएर अन्त्येष्टि

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कबिहिन भएका ढकाल चितवनको नारायणी नदीबाट हाम फाली बेपत्ता भएका थिए।

बुटवलबाट गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाइन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शव बनाएर देवघाटमा अन्तिम दाहासंस्कार गरिएको औषधी व्यवसायी बाबुराम भट्टराईले बताए।

अन्तिम दिन नारायणी नदि पुल नजिकै सिसिटिभीमा देखिएका ढकाल

गत शनिबार घरबाट हिँडेपछि सम्पर्कबिहिन भएका ५३ वर्षीय ढकालले २०६३ सालदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि व्यवसाय गर्दै आएका थिए।

ढकाल आइतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो। तर पनि भेट्टाउन भने सकेन।

२ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ।

आर्थिक रुपमा समेत अव्वल ढकालले किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेत आश्चर्यमा परेका छन्।

बिभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय ढकाल रोटरी क्लव आफ सेन्टल बुटवल औषधी ब्यवसायी संघ बुटवल उद्योग बाणिज्य संघ लगायतका सामाजिक संस्थामा क्रियाशिल थिए। स्वर्गीय ढकालका एक श्रीमती एक छोरा र एक छोरी छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित