भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

 युवाहरुलाई स्वदेशमै रोजगार दिने गरी सीपमूलक तालिम दिउँ -श्रेष्ठ

एमालेका नेता तथा लुम्बिनी प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले युवाहरुलाई स्वदेशमै रोजगार दिने गरी सीपमूलक तालिम दिनुपर्ने बताएका छन् ।

युवाहरुलाई रोजगार बनाउन सकेमा देशको आर्थिक अवस्थामा सुधार आउने उनले बताए ।

नेपाल अटो मेकानिक्स टे«ड युनियनको केन्द्रीय प्राविधिक प्रशिक्षण भवनको शनिबार बुटवलमा उद्घाटन गर्दै युवा वर्गलाई लक्षित गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका सांसद श्रेष्ठले चुनौतीका साथ निर्माण गरिएको भवनलाइ व्यवहारिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । उनले प्राबिधिकको युगमा विकाससंगै आर्थिक समृद्धिका लागि रोजगार महत्वपूर्ण हुने बताउंदै देशमा रोजगारी बढाउने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स टे«ड युनियन नाटुका केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे, केन्द्रीय सल्लाहाकार, माधव पाण्डे, बुटबल उपमहानगरपालिका पूर्व उपप्रमुख गोमादेवी आचार्य, केन्द्रीय प्रतिनिधि प्रमुख जीवन अधिकारी, जिफन्ट केन्द्रीय सदस्य हरि कार्की जिफन्ट लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले लगायतले बोल्दै युवाहरुलाई बिभिन्न किसिमका तालिमसंगै रोजगारमा जोड्नुपर्नेमा जोड दिए ।

करिब एक करोड लगानीमा निमार्ण भएको दुई तले भवनमा नेपालभरका अटो मेकानिक्सको क्षेत्रमा काम गर्ने मेकानिक्सहरुलाई तालिम दिइने अटो मेकानिक्स टे«ड युनियन नगर अध्यक्ष गणेश भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित