रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

नागरिकता ऐन कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल

महिला कानून र विकास मञ्च (एफडब्लूआइडी) ले शनिबार बुटवलमा नेपाल नागरिकता ऐन कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम गरेको छ । ऐन आएपछि कार्यान्वयनको अवस्था र बुझाईबारे पत्रकारहरूसँग छलफल गरिएको हो ।

सो अवसरमा बोल्दै अधिवक्ता सविन श्रेष्ठले नयाँ ऐन आएपछि ४५ हजार नागरिकता बितरण भइसकेको डाटा प्रस्तुत गरे ।

सो अवसरमा उनले अझै पनि नागरिकता ऐनमा केही विषय अस्पष्टता रहेको भन्दै नियमावली पछि समस्या समधान हुने आशा गरे । नागरिकता विधेयक पछि धेरैका समस्या समधान भएको बताउंदै उनले सरकारी केही अस्पष्ट नीतिले अहिले पनि कतिपयले नागरिकता प्राप्त गर्न नसकेको बताए ।

कार्यक्रममा महिला कानुन तथा विकास मञ्च रुपन्देही जिल्ला संयोजक नागेन्द्र बस्याल, बुटवल उपमहानगरपालिकाका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री महिला कानुन र विकास मञ्चका कार्यक्रम अधिकृत विनोदचन्द्र देवकोटालगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित