लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

मानीत विश्वविद्यालयका लागि पाठ्यक्रम बनाउन छलफलमा जुट्यो लुम्बिनी वाणिज्य क्याम्पस

बुटवल ।बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस मानीत विश्वविद्यालयमा जाँदा कस्तो पाठ्यक्रम तयार गर्ने भन्ने विषयमा एकेडेमी–इण्डष्ट्रि छलफल गरिएको छ ।

उद्योगी व्यवसायीलाई आवश्यक जनशक्ति उत्पादन गर्नेगरी स्थापना गरिएको यो क्याम्पस मानित विश्वविद्यालयमा जाने निर्णय लिईसकिएको र सोही अनुसारका कार्यक्रमहरु अगाडि बढिसकेका छन् ।

यस सन्दर्भमा क्याम्पसमा बिहिबार एकेडेमी–इण्डष्ट्रि डायलग गरिएको थियो । त्यस क्रममा उद्योगी व्यवसायीहरुले यहाँको आवश्यकता परिपूर्ति गर्ने खालको जनशक्ति उत्पादनमा जोड दिएका थिए । अहिलेको मुख्य आवश्यकता उद्यमशिलता भएको र उद्यमशिलतासंग जोडेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न उनीहरुको सुझाव थियो ।

अहिलेको युवा जनशक्ति विदेश पलायन भईरहेको र यसले निकट भविश्यमा विकराल स्थिती आउन सक्ने भन्दै त्यसलाई रोक्नको लागि पनि सीपमा आधारित जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिईएको थियो ।त्यस्तै उद्योग व्यवसाय क्षेत्रले खोजे अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र उद्यमी व्यवसायीसंग निरनतर संवादमा रहन आफुहरु तयार रहेको शिक्षा क्षेत्रका व्यक्तिहरुले भनाई राखेका थिए । त्यस्तै बैंकरहरुले बैकिंङ क्षेत्रमा भइरहेका परिवर्तनलाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नको लागि बुटवल उद्योग वाणिज्य संघको पहल र प्रत्यक्ष लगानीमा लुम्बिनी वाणिज्य क्याम्पस स्थापना गरिएको बताउँदै समयसापेक्ष आवश्यक जनशक्ति उत्पादन गर्नकै लागि मानित विश्वविद्यालयमा जाने निर्णय लिईएकोमा क्याम्पस व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे ।

उनले अवको आवश्यकता रोजगारीका लागि दक्ष जनशक्ति मात्रै नभएर उद्यमशिल जशक्ति पनि उत्पादन गर्नुपर्ने बताउँदै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे ।

त्यस अवसरमा त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डा. शिवराज अधिकारीले वर्तमान समयमा देखिएका समस्या र समाधानका उपायहरु समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्याय, लुम्बिनी वाणिज्य क्याम्पस प्लेसमेण्ट एण्ड काउन्सिलिङ सेलका संयोजक उपप्राध्यापक डिल्लिराज गौतम लगायतले भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित