लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रदेश प्रमुख अमिक शेरचनबाट ज्ञान हस्तान्तरण कार्यक्रम शुभारम्भ

बुटवल । मानवसेवा आश्रमको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित ज्ञान हस्तान्तरण कार्यक्रमको शुभारम्भ गरिएको छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले रुपन्देहीको तिलोत्तमास्थित होटल रेडिसनमा आयोजित समारोहका बीच उक्त कार्यक्रम समुद्‍घाटन गरे ।

यही भदौ ५ गतेदेखि शुरु भएको ज्ञान हस्तान्तरण कार्यक्रम भदौ १३ गतेसम्म सञ्चालन हुनेछ ।

युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) को आयोजना गरिएको मानवसेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले बताइन ।

कार्यक्रममा कोशी प्रदेशबाट २३, मधेश प्रदेशबाट ७ , बागमती प्रदेशबाट १७, गण्डकी प्रदेशबाट १७, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट १७ जना सहभागी भएका छन् ।यस्तै सुदुरर्पश्चिम प्रदेशबाट ७ र ३६ जिल्लाबाट १०५ जना सामाजिक भावना भएका युवाहरुले सहभागिता जनाएका छन्।

ज्ञान हस्तान्तरणमा योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जिउने कला जस्ता जीवनउपयोगी विषयहरुमा प्रशिक्षण दिइने छ ।

युवाहरुको जीवन रुपान्तरणका लागि कार्यक्रम कोसेढुङ्गा सावित हुने विश्वास गरिएको आश्रमकी महासचिव सुशीला केसी (रुपा)ले बताइन ।

कार्यक्रममा प्रमुख प्रशिक्षकमा रुपमा मानवसेवा आश्रमका परिकल्पनाकार तथा संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी रहेका छन् भने अन्य प्रशिक्षकमा  रमन नेपाली, विजयराज सिग्देल, इन्द्र गुरुङ, डा. नेत्र आचार्य, योगी सोमराज, डा. गोविन्द टण्डन, पूर्वजर्नेल अजित थापा, प्राणी कल्याणका लागि सेवारत बिना पन्त, आचार्य लक्ष्मण भण्डारीलगायत मानवसेवा आश्रममा ११ वर्ष देखि साधनारत अभियन्ताहरुले आफ्नो अनुभव आदानप्रदान गर्नेछन् ।

समाजिक कार्यको कठिनाइ र राज्यले युवाबाट राखेका अपेक्षा  एवं कर्तव्यबोध गराउने उद्देश्य लिइएको यस कार्यक्रममा सहभागीहरुलाई मानवसेवा दुतकारुपमा जिल्ला जिल्लामा सेवाका लागि प्रेरणा प्रदान गरिनेछ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित