रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

कुशको शव बनाएर औषधी ब्यवसायी गंगा ढकालको अन्त्येष्टि गरिदै

बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शब फेला नपरेपछि आफन्तलेकुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन्

अब मलाई नखोज्नुभनी सन्देश पठाएर सम्पर्क विहिन भएका ढकालले चितवनको नारायणी नदिबाट हाम फालीबेपत्ता भएका थिए

गत शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रगइन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री गर्ने गर्दथे

गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाईन्ट सहितका कपडा घर पठाएकाढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शब बनाएर दाहसंस्कार  गर्न लागिएको अौषधीब्यबसायी बाबुराम भट्टराईले बताए

ढकाल आईतबार साँझ सवा बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदिमा देखिएको अाधारमा चितवन प्रहरीलेउनको खोजी गरिरहेको थियो तर पनि भेट्टाउन भने सकेन

जना युवतीले एक जना पुरुष पुल बाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको त्यहि आधारमा हामफाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताईएको

ब्यवसायी भट्टराईले देबघाटमा उनको हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्न लागिएको बताए

आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेतआश्यर्चमा परेका छन्

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका१३ बाट परिवार बसाइँसराइँ गरीविक्रम संवत २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेको थियो मध्यम बर्गीय परिवारका ढकालले दीपेन्द्रमाविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका थिए
०५१ सालबाट जागिरे जीवन सुरु गरेका ढकालले लामो समय विभिन्न कम्पनीका काम गरेका थिए

१२ वर्ष सम्म औषधिमै काम गरेको अनुभव पछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरीबुटवलमा औषधि बिक्री थालेका थिए पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए

७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेताहो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित