
बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शब फेला नपरेपछि आफन्तलेकुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन् ।
‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका ढकालले चितवनको नारायणी नदिबाट हाम फालीबेपत्ता भएका थिए ।
गत शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रगइन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री गर्ने गर्दथे ।
गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाईन्ट सहितका कपडा घर पठाएकाढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शब बनाएर दाहसंस्कार गर्न लागिएको अौषधीब्यबसायी बाबुराम भट्टराईले बताए ।
ढकाल आईतबार साँझ सवा ७ बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदिमा देखिएको अाधारमा चितवन प्रहरीलेउनको खोजी गरिरहेको थियो । तर पनि भेट्टाउन भने सकेन ।
२ जना युवतीले एक जना पुरुष पुल बाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको र त्यहि आधारमा हामफाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताईएको छ ।
ब्यवसायी भट्टराईले देबघाटमा उनको हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्न लागिएको बताए ।
आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेतआश्यर्चमा परेका छन् ।
सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ बाट परिवार बसाइँसराइँ गरीविक्रम संवत २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेको थियो । मध्यम बर्गीय परिवारका ढकालले दीपेन्द्रमाविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका थिए ।
०५१ सालबाट जागिरे जीवन सुरु गरेका ढकालले लामो समय विभिन्न कम्पनीका काम गरेका थिए ।
१२ वर्ष सम्म औषधिमै काम गरेको अनुभव पछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरीबुटवलमा औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए ।
७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेताहो ।