प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

तिलोत्तमामा जारी जेसिज क्षेत्र ‘घ’ सम्मेलनमा विवाद

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन विवादमा तानिएको छ । क्षेत्र ‘घ’ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै विरोध भएको छ ।

विरोधका बीच जारी सम्मेलनमा पटक-पटक स्थगित र सुचारू भएको छ । सम्मेलनमा असन्तुष्ट पक्षले नाराबाजी गरेका थिए ।

विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसिजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएपछि असन्तुष्ट पक्षले बिरोध गरेका छन् । नेपाल जेसिजको नेतृत्वले व्यक्तिगत स्वार्थ अनुसार सिद्धार्थ लेडी जेसिजको अध्यक्षमा विष्णु पाण्डे हुनु पर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएको भन्दै पूर्व अध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन ।

नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिने तर आधिकारिक समुहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिएको क्षेत्रीले बताइन् । सिद्धार्थ लेडी जेसिजमा २०२० देखि नै विवाद कायम रहेको छ ।

यसैगरि धनगढी लेडि जेसिजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय रुपमा प्रतिनिधित्व गराएको भनि बिरोध भएको छ । धनगढी लेडिज जेसिजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय रुपमा प्रतिनिधित्व गराइएको भनी बिरोध भएको छ ।


नेपाल जेसिजका अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुँदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको उनले बताइन् ।

तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा जारी सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र ‘घ’ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहेको छ । विवादका बिसयमा नेपाल जेसिसका अध्यक्ष बिकास मानन्धरले प्रतिक्रिया जनाउन चाहेनन् । प्रतिक्रियाका लागि कार्यक्रम स्थलमै गएर भेट्न खोज्दा पनि मोवाइल अफ गरेर उनी सम्पर्कमा आउन चाहेनन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित