रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

हरियाली यातायात प्रालिको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हरियाली यातायात प्रालिको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले पैदल रिक्साको कारणले धेरै ब्यक्तिलाइ समस्या भएकोले ईरिक्साको आगमनले धेरैको स्वास्थ्यमा राम्रो प्रभाव परेको बताए ।

उनले रिक्साहरु सञ्चालन हुनु आफैमा स्वरोजगार भएको भन्दै यसको व्यवस्थापनमा भने सरोकारवालाले ध्यान दिनुपर्ने बताए । घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश अधिकारीले ईरिक्सा सञ्चालन गर्नेहरुले ट्राफिक नियमको पालना गरेमा दुर्घटना न्यून हुने भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरे ।

साथै उनले ई रिक्सा ब्यवसायीका समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसिले बिगत ४ वर्ष यता प्राली संग संगै रहेको बताउदै अहिले सम्म आवश्यक समन्वय गर्दै आएको बताए ।

उनले युवालाइ बिदेश पलायन हुन बाट रोक्ने हिम्मतका साथ स्वरोजगार मुलक ब्यवसाय गरेका ब्यक्तिहरुको सम्मान गर्नुपर्ने भएपनि इरिक्सा थप्दै लैजानु गलत हुने बताए ।

बुटवलमा अहिले १४४० ईरिक्सा सञ्चालन गर्न मिल्ने भनेको र सो अनुसार ब्यवस्थापनका कामहरु गर्दै आएको जानकारी दिए ।

प्रालिका अध्यक्ष कृष्ण प्रसाद तिवारीले ई रिक्सा व्यवस्थापनमा प्रा.लिले बुटवल उपमहानगरपालिका संग सहकार्य गर्दै अगाडि बढेको बताए । कोषाध्यक्ष यज्ञ प्रसाद गैरेले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा टेरा मोटर्सका सञ्चालक ज्ञान प्रसाद बस्याल,प्रालिका पूर्व सचीव गोपाल रिजाल लगायतले बोल्दै ई रिक्सा चालक एव ब्यवसायीलाई एक स्थानमा राखेर सिंगोे टिम बनाएर काम गर्न आग्रह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित