जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

भदौं-१५ मा गाईजात्रा पर्व मनाउने नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिको निर्णय

बुटवल । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले भदौं-१५ गते यश वर्षको गाईजात्रा मनाउने निर्णय गरेको छ । पछिल्लो केही वर्षदेखि नेवाः समुदायको पर्वहरुलाई विवादस्पद बनाउने कार्यहरु भइरहेको भन्दै समितिले पञ्चाङ्ग  निर्णायक समितिले उल्लेख गरे अनुसार यो वर्ष भदौं १४ गते (जनै पूर्णिमाको दिन) गाईजात्रा पर्व नपर्ने स्पष्ट पारेको छ ।

समितिले शुक्रबार बुटवलमा पत्रकार।सम्मेलन गरि छन्हु दया भिन्तुना र म्ह पूजा वा गुन्हि पुन्ही सापारुलाई विवादस्पद बनाउने र समुदायमा विभाजन ल्याउन लगातार प्रयत्न गरिएको भन्दै  ध्यानाकर्षण गराएको छ । नेवाः समुदायको चन्द्रमाका आधारमा आफ्नै पात्रो र तिथी रहने भएकाले नेवाः पात्रो अनुसार निर्धारण गरिएको पर्व वैज्ञानिक रहेको समितिका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले बताए ।

आफ्नै सभ्याता, भाषा, लिपी र मान्यता बोकेको नेवाः समुदायमा भ्रम हुने गरि पन्चाङ्ग पात्रोलाई आधार मानेर पर्वहरुलाई एकै दिन मान्नुपर्ने पर्वलाई दुई दिन पार्ने, दुई दिन मान्नु पर्ने पर्वलाई एकै दिन पार्ने जस्ता कार्यहरु भइरहेको बताउँदै उनले नेवाः देय दबुले सम्पूर्ण समुदायलाई एकताबद्ध तरीकाले नेवा पात्रोका आधारमा पर्व निर्धारण गर्न आग्रह गरे ।

यसवर्ष पनि बजारमा वितरण भएको पात्रोमा जनै पुर्णिमा र गाईजात्रा एकैदिन रहेको भ्रमपूर्ण सूचना संप्रेषण भएको हुँदा परम्परादेखि पूर्णिमाको भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन अनुसार भाद्र १५ गते मनाउने दय दबुले निर्णय गरेको प्रथम सचिव चिरञ्जीवी श्रेष्ठले बताए । नेपाल सम्वत् अनुसार यो वर्ष भाद्र १३ गते अपरान्हबाट सुरु भएको पूर्णिमा तिथी १४ गते अपरान्हसम्म रहने भएकाले १४ गते गुन्ही पुन्ही, क्वाती पुन्ही (जनैपूर्णिमा) मनाउने र भदौ १५ गते सापारु जात्रा मनाउने निर्णय भएको उनले बताए ।

नेवार समुदायमा मृत्यु भएको घरबाट मृत आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रामा (सापारु) निकाल्ने प्रचलन रहेको छ । नेपालको मौलिक सम्बत नेपाः सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा मान्यता दिँदै तेवा पात्रोका आधारमा नेवाःसमुदायको पूर्व निर्धारण तथा सार्वजनिक विदाको व्यवस्था गर्न समितिले सरकारसँग माग गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित