जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

नागरिकता र जन्मदर्ता सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम

बुटवल । महिला कानून तथा विकास मञ्च (एफडब्लूएलडी) ले बिहीबार बुटवलमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका जनप्रतिनिधि र वडा सचिवहरूलाई कानूनी पहिचान सहजताका लागि छलफल÷अन्तरक्रिया गरेको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कानूनभन्दा दायाबाया नगरी काम गर्नुपर्ने बताए ।
पाण्डेयले नागरिकताका विषयमा समस्याहरू आउने गरेको बताउँदै संविधान र कानूनमा टेकेर काम गर्नुपर्ने बताए । समय समयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना आवश्यक रहेको मेयर पाण्डेयले जोड दिए । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले नागरिकलाई पाउनुपर्ने सेवा सहज रुपमा पाउनुपर्ने र नमिल्ने कुरा गर्न नहुने कर्मचारी र वडा अध्यक्षहरुलाई आग्रह गरे । अर्यालले नागरिकताका विभिन्न सिफारिसहरुमा संवेदनशील बन्न सबैलाई आग्रह गरे । कार्यक्रममा प्रस्तुतीकरण व्यक्त गर्दै अधिवक्ता सविन श्रेष्ठले विभिन्न घटनाक्रम दर्ता विवरणहरु थप भएको बताउँदै अध्ययन गर्नुपर्ने बताए ।
कार्यक्रममा महिला कानून तथा विकास मञ्च रुपन्देही जिल्ला संयोजक नागेन्द्र बस्याल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, महिला कानून तथा विकास मञ्चका कार्यक्रम अधिकृत विनोदचन्द्र देवकोटा लगायतले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्षहरू र वडा सचिवहरू सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित