प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

नागरिकता र जन्मदर्ता सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम

बुटवल । महिला कानून तथा विकास मञ्च (एफडब्लूएलडी) ले बिहीबार बुटवलमा कानूनी पहिचान (नागरिकता र जन्मदर्ता ) सम्बन्धमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरपालिका जनप्रतिनिधि र वडा सचिवहरूलाई कानूनी पहिचान सहजताका लागि छलफल÷अन्तरक्रिया गरेको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कानूनभन्दा दायाबाया नगरी काम गर्नुपर्ने बताए ।
पाण्डेयले नागरिकताका विषयमा समस्याहरू आउने गरेको बताउँदै संविधान र कानूनमा टेकेर काम गर्नुपर्ने बताए । समय समयमा कर्मचारी र जनप्रतिनिधिहरुलाई कानूनी सचेतना आवश्यक रहेको मेयर पाण्डेयले जोड दिए । रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले नागरिकलाई पाउनुपर्ने सेवा सहज रुपमा पाउनुपर्ने र नमिल्ने कुरा गर्न नहुने कर्मचारी र वडा अध्यक्षहरुलाई आग्रह गरे । अर्यालले नागरिकताका विभिन्न सिफारिसहरुमा संवेदनशील बन्न सबैलाई आग्रह गरे । कार्यक्रममा प्रस्तुतीकरण व्यक्त गर्दै अधिवक्ता सविन श्रेष्ठले विभिन्न घटनाक्रम दर्ता विवरणहरु थप भएको बताउँदै अध्ययन गर्नुपर्ने बताए ।
कार्यक्रममा महिला कानून तथा विकास मञ्च रुपन्देही जिल्ला संयोजक नागेन्द्र बस्याल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, महिला कानून तथा विकास मञ्चका कार्यक्रम अधिकृत विनोदचन्द्र देवकोटा लगायतले बोलेका थिए । कार्यक्रममा वडा अध्यक्षहरू र वडा सचिवहरू सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित