रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकाल ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका छन् ।

शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री गर्ने गर्दथे ।

बुटवलबाट शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेपनि त्यसपछि ढकाल कहाँ गए केही पत्तो नभएको परिबारले बताएका छन् ।

आईतबार विहान चितवनबाट आफुले लगाएको हाफ पाईन्ट सहित ‘मलाई अब नखोज्नु’ भनी सन्देश पठाएका ढकालको अहिले सम्म खोजी गर्दा समेत फेला नपरेको परिबारले जनाएको छ ।

मोबाईल फोन र घडी समेत घरमा छाडेर गएका ढकाल सम्पर्क विहिन भएपछि परिबारले प्रहरीमा खवर गरेका थिए ।

ढकाल आईतबार साँझ सवा ७ बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदिमा देखिएको प्रहरीले जनाएको छ ।

त्यसपछि भने उनी कहाँ गए सिसिटिभीले समेत देखाएको छैन् । त्यहि समय पुलबाट एक जनाले हाम फालेको सूचना गैडाकोट प्रहरीमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक रामेश्वर कार्कीले २ जना युवतीले एक जना पुरुष पुल बाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको र त्यहि आधारमा अहिले हाम फाल्ने व्यक्तिको खोजी भइरहेको बताए ।

नदिमा हाम फाल्ने ब्यक्ती ढकाल नै हुन भन्ने प्रमाणीत नभएपनि नारायणगढ तर्फबाट गैडाकोट तर्फ पैदलै गएका ढकाल गैडाकोट पुगेको नदेखिएकोले उनै हुन सक्ने अनुमान गरिएको उनले बताए ।

आईतबार देखि सशस्त्र प्रहरी, गोताखोर सहितको टिमले नारायणी नदिमा खोजी गरिरहेको छ ।

आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी सम्पर्क विहिन भए भन्ने उनी निकटका औषधी व्यवसायी समेत आश्यर्चमा परेका छन् ।

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ बाट परिवार बसाइँसराइँ गरी विक्रम संवत २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेको थियो । मध्यम बर्गीय परिवारका ढकालले दीपेन्द्र माविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका थिए ।
०५१ सालबाट जागिरे जीवन सुरु गरेका ढकालले लामो समय विभिन्न कम्पनीका काम गरेका थिए ।

१२ वर्ष सम्म औषधिमै काम गरेको अनुभव पछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए ।

७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित