‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

निष्पक्ष प्रतिनिधि छनौंटमा भूमिका खेल्न निर्वाचन अधिकृतहरुलाई निर्देशन

घोराही । नेकपा एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले यही भाद्र १६ देखि बुटवलमा हुन लागि रहेको एमालेको प्रदेश अधिवेशनको लागि दाङका पालिकाहरुमा प्रतिनिधि छनौंट गर्न पार्टीको तर्फबाट निर्वाचन अधिकृतको जिम्मेवारी पाएकाहरुलाई निष्पक्ष ढंगबाट प्रतिनिधि छनौंट गर्न भूमिका खेल्न निर्देशन दिएका छन् ।

नेकपा एमाले दाङको कानून तथा निर्वाचन विभागले घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले सो कुरा बताएका हुन ।

‘एमालेको प्रदेश अधिवेशन पार्टीगतरुपमा निकैनै महत्वपूर्ण छ । यसलाई गरिमामय, प्रभावकारी तवरले सम्पन्न गर्न प्रतिनिधिहरुको मुख्य भुमिका हुन्छ,’ उनले थपे, ‘यसको लागि जिल्लाबाट जाने प्रतिनिधिहरु कामकाजी, पार्टीको हितमा काम गर्ने, पार्टीलाई अझ बलियो बनाउन भूमिका खेल्ने हुनुहुन्छ, त्यसैले प्रतिनिधि छनौंट गर्न पालिकामा खटिनु भएका निर्वाचन अधिकृतले प्रतिनिधि छनौंट गर्दा निष्पक्ष भूमिका खेल्न अनुरोध छ ।’

नेकपा एमाले दाङले भाद्र ९ गते दशवटै पालिकामा प्रदेश प्रतिनिधि छनौंट गर्न लागि रहेको छ । यसका लागि सबै पालिकामा विभागको तर्फबाट तीन÷तीन जनालाई निर्वाचन अधिकृतकारुपमा जिम्मेवारी दिइएको छ ।

दशवटै पालिकामा निर्वाचन अधिकृतको जिम्मेवारी पाएकाहरुलाई निर्वाचन सम्बन्धि विशेष निर्देशन एवं जानकारी दिन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले दाङ लुम्बिनी प्रदेशकै धेरै पार्टी सदस्य भएको जिल्ला मध्यको एक भएकाले यहाँ छनौंट हुने प्रतिनिधिले प्रदेश अधिवेशनमा गौरबमय भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रमका नेता चौधरीले एमाले राजनीतिक बृत्तमा यतिबेला बलियो शक्तिकारुपमा स्थापित भैसकेको र यसलाई थप बलियो बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय निर्वाचन विभागका सदस्य पूर्व सांसद हिराचन्द्र केसीले प्रदेश अधिवेशन भव्य र गौरबमय तवरले सम्पन्न गर्न प्रतिनिधि छनौंट कार्यलाई सहमतिबाट सर्वसम्मतरुपमा प्रतिनिधि छनौंट गरेर सम्पन्न गर्नुपर्ने बताए ।

सो अबसरमा निर्वाचन अधिकृतहरु भुपबहादुर केसी, दामोदर बस्नेत, शेरबहादुर केसी, शरद गिरी, अजितकुमार आचार्यलगायतले प्रतिनिधि छनौंट कार्यलाई सौहार्दपूर्णरुपमा सम्पन्न गर्न सबैले साथ सहयोग गर्नुपर्ने बताएका थिए ।

निर्वाचन विभागका प्रमुख तथा एमाले दाङका सचिव मनोहर बुढाथोकीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रमको सहजीकरण विभागका गोपाल नेपालीले गरेका थिए ।

कार्यक्रममा निर्वाचन अधिकृतहरुलाई पार्टीको तर्फबाट नियुक्ति पत्र हस्तान्तरण गरिएको थियो ।

तामझाम बिनानै कार्यक्रम
यसैबीच नेकपा एमाले केन्द्रीय कमिटीले पार्टीका सबै कार्यक्रमलाई व्यवस्थित तवरले सम्पन्न गर्नका लागि विशेष कार्ययोजना बनाउँदो सोही अनुसार जिल्लाजिल्लामा कार्यक्रम गर्न निर्देशन दिए लगत्तै दाङमा पहिलो पटक तामझाम बिनानै भव्य कार्यक्रम भएको छ । प्रदेश प्रतिनिधि छनौंट गर्नका लागि निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका अधिकृतहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम साधारणतवरबाट सम्पन्न भएको छ । खादा, माला बिनानै सुरु भएको कार्यक्रममा मुख्य वक्ता मात्र मञ्चमा देखिएका थिए । यसले गर्दा कार्यक्रम ओजपूर्ण हुनुका साथै छोटो समयमा नै सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित