‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

जनसहभागिताका लागि रुपन्देहीले बनायो कार्ययोजना

नेकपा (एमाले) रुपन्देहीका २३ वटा जन संगठनको वैठकले आगामी १६ र १७ गते हुने प्रदेश अधिवेशनको भब्य तयारीका लागि सवै जनसंगठनले पहिचानसहितको उपस्थिति गराउने निर्णय गरेको छ ।

सवै जनसंगठनले आ–आफ्नो ब्यानरसहित राजमार्ग चौराहाबाट जुलुस सहित अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रमा जाने छन् ।

जन संगठन प्रमुख चित्रवहादुर केसीका अनुसार वैठकले ३० जना स्वयंसेवक गठन गर्नेछ । जसमा राष्ट्रिय युवा संघ, अनुरास्ववियू र अखिल नेपाल महिला संघका कार्यकर्ताहरु संलग्न हुनेछन् ।

जसको नेतृत्व युवा संघले गर्नेछ । यसैवीच नेकपा (एमाले) को पछिल्लो जनसंगठन पिछडा वर्गको तदर्थ समिति पनि मंगलवार गठन हुँदैछ । यो सहित नेकपा (एमाले) का २४ वटा जनसंगठन हुनेछन् ।

जन सहभागितालाई व्यवस्थित गर्नका लागि हरेक जन संगठनले संख्या किटान गरी स्वस्फुर्त रुपमा उपस्थित गराउने प्रतिवद्घता व्यक्त गरेका छन् ।

वैठक जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटीका सदस्य पुरन गुरु¨को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

वैठकमा पाँचवटै क्षेत्रका संयोजकहरुको उपस्थिति थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित