
नेकपा (एमाले) रुपन्देहीका २३ वटा जन संगठनको वैठकले आगामी १६ र १७ गते हुने प्रदेश अधिवेशनको भब्य तयारीका लागि सवै जनसंगठनले पहिचानसहितको उपस्थिति गराउने निर्णय गरेको छ ।
सवै जनसंगठनले आ–आफ्नो ब्यानरसहित राजमार्ग चौराहाबाट जुलुस सहित अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रमा जाने छन् ।
जन संगठन प्रमुख चित्रवहादुर केसीका अनुसार वैठकले ३० जना स्वयंसेवक गठन गर्नेछ । जसमा राष्ट्रिय युवा संघ, अनुरास्ववियू र अखिल नेपाल महिला संघका कार्यकर्ताहरु संलग्न हुनेछन् ।
जसको नेतृत्व युवा संघले गर्नेछ । यसैवीच नेकपा (एमाले) को पछिल्लो जनसंगठन पिछडा वर्गको तदर्थ समिति पनि मंगलवार गठन हुँदैछ । यो सहित नेकपा (एमाले) का २४ वटा जनसंगठन हुनेछन् ।
जन सहभागितालाई व्यवस्थित गर्नका लागि हरेक जन संगठनले संख्या किटान गरी स्वस्फुर्त रुपमा उपस्थित गराउने प्रतिवद्घता व्यक्त गरेका छन् ।
वैठक जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटीका सदस्य पुरन गुरु¨को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
वैठकमा पाँचवटै क्षेत्रका संयोजकहरुको उपस्थिति थियो ।