रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

बुटवल उपमहानगरले लोगो बनाउँदै, उत्कृष्ट बनाउँनेलाई २५ हजार पुरस्कार दिईने

बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ लोगो बनाउने भएको छ ।

उपमहानगरपालिकाको पहिचान झल्काउने गरी नयाँ लागो बनाउन लागेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै लागो बनाउन सार्वजनिक रुपमा आव्हान गरेको छ ।

लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

छनोट भएको उत्कृष्ट प्रतिक चिन्ह ९लोगो० लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिन्ह (लोगो) का रुपमा प्रयोग गर्ने छ भने डिजाइनकर्तालाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ।

लोगो सामूहिक रुपमा बनाउन नपाइने उपमहानगरपालिकाले जनाएको छ । लोगो भदौ २४ गते भित्र निर्माण गरी बुटवल उपमहानगरको इमेलमा पठाउनु पर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित