
बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ लोगो बनाउने भएको छ ।
उपमहानगरपालिकाको पहिचान झल्काउने गरी नयाँ लागो बनाउन लागेको हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै लागो बनाउन सार्वजनिक रुपमा आव्हान गरेको छ ।
लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
छनोट भएको उत्कृष्ट प्रतिक चिन्ह ९लोगो० लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिन्ह (लोगो) का रुपमा प्रयोग गर्ने छ भने डिजाइनकर्तालाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख छ।
लोगो सामूहिक रुपमा बनाउन नपाइने उपमहानगरपालिकाले जनाएको छ । लोगो भदौ २४ गते भित्र निर्माण गरी बुटवल उपमहानगरको इमेलमा पठाउनु पर्नेछ ।